बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

पर्वतमा अनीश श्रेष्ठको अध्यक्षतामा जिम्न्याष्टिक सङ्घको समिति निर्माण

पर्वत : देशका विभिन्न जिल्लामा समिति निर्माण गरेर जिम्न्याष्टिकतर्फका खेलाडीहरूलाई एकीकृत गर्नका लागि बनेको नेपाल जिम्न्याष्टिक सङ्घको समिति पर्वतमा पनि विस्तार भएको छ ।
नेपाल जिम्न्याष्टिक सङ्घका केन्द्रीय सदस्य योगेन्द्र गुरुङ, पर्वत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङ सहित रोनित गुरुङ र विक्रम श्रेष्ठको निर्वाचन मण्डलबाट ११ सदस्यीय समिति निर्माण भएको हो । निर्वाचन मण्डलको निर्णयमा सबैले सहमति जनाउँदै सर्वसम्मत रूपमा अनीश श्रेष्ठको अध्यक्षतामा समिति निर्माण भएको हो । समितिको उपाध्यक्षमा भीम गौचन, सचिवमा ध्रुव श्रेष्ठ, सहसचिवमा दलबहादुर राना, कोषाध्यक्षमा रेनु पुन रहेका छन् । दिनेश श्रेष्ठ, शङ्कर पौडेल, प्रविन राना, दीपेन्द्र सुवेदी, खुमा कुमारी हमाल श्रेष्ठ र अनिता श्रेष्ठ सदस्यमा चयन भएका छन् ।
यस्तै सोही भेलाबाट पाँच सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरिएको छ । सङ्घको संरक्षक समेत रहेका विक्रम श्रेष्ठ, प्रविन श्रेष्ठ, भीमबहादुर थापा, भीमप्रसाद शर्मा र पवित्रा श्रेष्ठ रहेको सल्लाहकार समिति बनेको हो ।
जिम्न्यास्टिक एक प्रकारको खेल हो जसमा सन्तुलन, बल, लचिलोपन, चपलता, समन्वय, कलात्मकता र सहनशीलता आवश्यक पर्ने शारीरिक अभ्यासहरू समावेश हुन्छन् । जिम्न्यास्टिकले हात, खुट्टा, काँध, पछाडि, छाती र पेटको मांसपेशी समूहहरूको विकासमा योगदान दिन्छ । जिम्न्यास्टिक पुरातन ग्रीकहरूले प्रयोग गर्ने अभ्यासहरूबाट विकसित भएको थियो । जसमा घोडा चढ्ने र उतार्ने सीपहरू र सर्कस प्रदर्शन कौशलहरू समावेश गरिएका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive