शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

पर्वतमा नागरिकताभन्दा दोब्बर बढीले लिए राहदानी

पर्वत : चालु आर्थिक वर्षको ६ महिनामा जिल्लामा नयाँ नागरिकता निकाल्नेको सङ्ख्याभन्दा राहदानी बनाउनेहरूको सङ्ख्या दोब्बरभन्दा पनि बढी छ।

जिल्ला प्रशासन कार्यालय पर्वतको तथ्याङ्क अनुसार गत साउनदेखि पुस महिनासम्म ६ महिनाको अवधिमा एक हजार छ सय ३३ जनाले नयाँ नागरिकता लिएका छन् भने तीन हजार छ सय ९७ जनाले राहदानी बनाएका छन्।

तीन हजार पाँच सय ३३ जनाले जिल्लाबाट प्रशासन कार्यालयबाट राहदानी बुझेका थिए भने एक सय ६४ जनाले द्रुत राहदानी सिफारिसमार्फत काठमाडौँमा नै पुगेर राहदानी लिएका हुन्।

६ महिनाको अवधिमा तीन हजार पाँच सय ९८ जनाले राहदानीको लागि फोटो खिचाएकोमा तीन हजार पाँच सय ३३ जनाको राहदानी आइपुगेको हो। साउन महिनामा तीन सय ७९ जनाले नागरिकता लिँदा सात सय ७८ जनाले राहदानी निकालेका छन्।

यस्तै, भदौमा दुई सय ४३ जनाले नागरिकता र छ सय ३५ ले राहदानी, असोजमा एक सय ७९ जनाले नागरिकता र पाँच सय ५९ जनाले राहदानी, कात्तिकमा तीन सय १० जनाले नागरिकता र तीन सय सात जनाले राहदानी लिएका छन्।

मङ्सिर महिनामा दुई सय ४० जनाले नागरिकता लिँदा छ सय ५२ जनाले राहदानी लिएका छन् भने पुस महिनामा सात सय ६६ जनाले राहदानी बुझेका छन्। यी ६ महिनामा राहदानी लिनका लागि जिल्लामा सिफारिस गरिएकाहरूको सङ्ख्या अझै धेरै छ।

जसमा साउनदेखि पुससम्म क्रमशः सात सय ८८, पाँच सय ३९, पाँच सय २४, चार सय ५१, छ सय ८३, छ सय १६ र छ सय १३ गरी तीन हजार आठ सय ९८ जना रहेका छन्।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यका अनुसार छ महिनाको अवधिमा वैदेशिक रोजगार क्षतिपूर्ति अन्तर्गत एक करोड ४८ लाख ७२ हजार दुई सय ८८ रुपैयाँ वितरण गरिएको छ।

भदौमा ५६ लाख ६७ हजार नौ सय ९६, मङ्सिरमा ८१ लाख ३५ हजार आठ सय २८ र पुसमा १० लाख ६८ हजार चार सय ६४ रुपैयाँ क्षतिपूर्तिस्वरूप वितरण गरिएको छ। सोही अवधिमा २७ जना विपद् पीडितहरूलाई राहत रकम उपलब्ध गराइएको छ। उनीहरू साउनमा आठ जना, भदौमा १७ जना र मङ्सिरमा दुई जना रहेका छन्।

प्रजिअ आचार्यका अनुसार ६ महिनाको अवधिमा कार्यालयले एक करोड १० लाख २४ हजार दुई सय ६५ रुपैयाँ राजश्व उठाएको छ। जसमा सबैभन्दा बढी पुस महिनामा ४५ लाख २७ हजार तीन सय ८५ रुपैयाँ सङ्कलन भएको छ भने सबैभन्दा कम असोजमा पाँच लाख रुपैयाँ उठेको छ।

यस्तै, साउनमा ४३ लाख ९९ हजार दुई सय ५०, भदौमा ३० लाख ५१ हजार पाँच सय, कात्तिकमा २४ लाख एक हजार तीन सय र मङ्सिरमा ३७ लाख १८ हजार आठ सय तीन रुपैयाँ राजश्व सङ्कलन भएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive