मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

देउराली फाउन्डेसनद्वारा बिद्यालय पोशाक तथा शैक्षिक सामग्री बितरण

माघ १७, २०८०

पर्वत : विभिन्न पेशा ब्यबसायमा संलग्न स्वयंसेवी हरुद्वारा स्थापित परोपकारी संस्था देउराली फाउन्डेसनले बिद्यालय पोशाक तथा सैक्षिक सामग्री वितरण गरेको छ । पर्बतको पैयुँ गाउँपालिका–४ बेसिथोक स्थित पैयुँ कालिका आधारभूत बिद्यालयका ३३ जना बिद्यार्थीहरुलाई बिद्यालयको नाम अंकित पोशाक तथा बर्षदिन भरिलाइ पुग्ने कापी, कलम तथा अन्य शैक्षिक सामग्री वितरण गरिएको हो ।
ती सामाग्रीहरु मंगलबार आयोजना गरिएको बिद्यालयको ३६ औ बार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा देउराली फाउन्डेसनका एड्भाइजरि काउन्सिल मेम्बर ओम प्रताप सेनले हस्तान्तरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका र समाजमा पछाडी पारिएका समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयलाई सहयोग गरेकोमा गाउपलिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तोरण मल्ल ठकुरी, उपाध्यक्ष यामकुमारी राना र वडाध्यक्ष टुकलाल न्यौपानेले देउराली फाउन्डेसनको प्रसंसा गरे ।
बिद्यालयका प्रधानाध्यापकले ड्रेस र कापी कलमको अभाबमा बिद्यालय छोड्ने विद्यार्थीको संख्या बढ्दै गएको अवस्थामा देउरालीको सहयोगले अब यो प्रक्रिया रोकिने र बिद्यालयको सिकाइ उपलब्धिमा समेत उल्लेख्य प्रगति हुने बिश्वास ब्यक्त गरेका छन् ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुरण प्रताप सेनको अध्यक्षतामा संचालित कार्यक्रममा अभिभावकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
देउराली फाउन्डेसनले यस बिद्यालयसंगै जोडिएको तथा २२ बर्ष देखि बन्द रहेको मिसन अस्पताल पुन सञ्चालनको बाताबरण बनाउन पुराना भवनहरुको मर्मत संहार, रंग रोगन , विद्युतीकरण र अस्पताल परिसरलाई कम्पाउण्डिङ्ग गरि गेट हाल्ने काम सम्पन्न गरिसकेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive