मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

पर्वतमा पनि सम्पन्न भयो ट्राफिक सप्ताह

बैशाख ३१, २०८१

‘सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरण गरौँ’ भन्ने नाराका साथ गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरु गरिएको ट्राफिक सप्ताह, २०८१ आजबाट सकिएको छ ।
गत वैशाख २५ गतेबाट सुरु भएको कार्यक्रम आज पूरा भएसँगै पर्वतमा पनि औपचारिक रूपमा समापन गरेर यस वर्षको सप्ताह पूरा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाले जानकारी दिनुभयो । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरी, सामाजिक सेवामा सक्रिय व्यक्तिहरू, विभिन्न खेलकुद, व्यवसायी, टोल सुधार समिति, शिक्षक, विद्यार्थी, क्लब तथा आमा समूहका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी प्रमुख ओझाले सप्ताह अन्तर्गत आयोजना गरिएका मुख्य कार्यक्रमहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । अन्तरक्रिया सहित आयोजना भएको कार्यक्रम उठेका सवालका बारेमा ओझाले जवाफ दिनुभएको थियो ।
सप्ताह अन्तर्गत प्रभात फेरी कार्यक्रम, सचेतना फैलाउने पर्चा वितरण, पार्किङको व्यवस्थापन, ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन, सदरमुकाम लक्षित चालक तथा परिचालक प्रशिक्षण कार्यक्रम, भाडादरको कार्यान्वयन, सडक प्रयोगकर्तालाई प्रशिक्षण, सवारी चालकहरूको स्वास्थ्य परीक्षण, सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा सवारी दुर्घटनामा परेर दिवङ्गत भएकाहरूको चिर शान्तिको कामना सहित दीप प्रज्वलन गर्ने लगायतका कार्यक्रमहरू कार्यालय प्रमुख ओझाको प्रतिवेदनमा उल्लेख छन् ।
कार्यक्रममा आफ्नो भनाई राख्नुभएका सहायक प्रमुख जिल्ला अधिकारी पौडेल र वडाध्यक्ष गिरीले ट्राफिक नियमको उल्लङ्घन गरेकै कारण धेरै दुर्घटनाहरूको बताउँदै तोकिएका नियमहरू मानेर आफ्नो जीवन सुरक्षित राख्न सबैलाई आग्रह गर्नुभयो ।
सप्ताहको समापन कार्यक्रमको सञ्चालन ट्राफिक प्रहरी हवलदार वैकुण्ठ पौडेलले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive