बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

पर्वत पैयुखोला समाज हङकङका शुभकामना आदान प्रदान

पर्वत : पर्वत पैयुखोला समाज हङकङको २१ औ बार्षिक उत्सव तथा नेपाली नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम एक समारोहका बिच १२ मे का दिन टाईटोङ्ग कन्ट्रीपार्क युनलङमा सम्पन्न भएको छ ।
अध्यक्ष निम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्बत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलन प्रमुख अतिथि रहनुभएको थियो । सचिब खुम गुरुङद्वारा सञ्चालित कार्यक्रममा समाजका पुर्व अध्यक्ष तथा सल्लाहकारद्वय झम गुरुङ र दुर्गा थापालाई पनि आसन ग्रहण गराईएको थियो ।
समाजका उपाध्यक्ष शान्ति गुरुङ, पैयुँ खोला तमु समाज पोखराका पुर्व अध्यक्ष बल बहादुर गुरुङ, समाजका अग्रज सदस्य श्री किशोर कुमार पुन र जेष्ठ सदस्य रानीपानी निवासी बल बहादुर हिताङ्गलाई पनि आसन ग्रहण गराईएको थियो ।
कार्यक्रममा सह–सचिब विशाल गुरुङको स्वागत मन्तब्य रहेको थियो भने पुर्व अध्यक्ष झम गुरुङ र बल बहादुर गुरुङले पनि आ–आफ्नो मन्तब्य राख्नुभयो । समाजको मुलधारसँग नयाँ पुस्तालाई पनि जोड्नुपर्छ भन्ने भावनाबाट ओतप्रोत समाजले युवाहरुको आवाज पनि आफ्नै शैलीमा उजागर होस भन्ने हेतुले दीक्षा गुरुङ्ग लाई आफ्नो मन्तव्य राख्ने मौका दिईएको थियो ।
अतिथिहरुको स्वागत तथा सत्कारको लागि खुशी गुरुङले गोर्खे खुकुरी बोलको गितमा नृत्य प्रस्तुत गरिन। समाजका अध्यक्ष तथा प्रमुख अतिथिबाट समाजलाई योगदान पु¥याएका पूर्वअध्यक्षहरु ठाकुर प्रसाद गुरुङ, अम्मर बहादुर गुरुङ, झम गुरुङ, दुर्गा थापा पूर्वउपाध्यक्षहरु क्रमशः सन्त गुरुङ, भुपाल चन्द्र राना, लिल प्रसाद गुरुङलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
त्यस्तै समाजका अन्य सदस्यहरु क्रमशः भ्रमा गुरुङ, बिक्रम गुरुङ, दल बहादुर गुरुङ, खेम बहादुर थापा, अजत गुरुङ, ज्ञान बहादुर गुरुङ, चित्र बहादुर राना, नन्द बहादुर थापा, किशोर कुमार पुन, बल प्रसाद गुरुङ, सोनु गुरुङ, पुर्णिमा गुरुङ, केश माया गुरुङ र सुरेश सेन गरि २१ जनालाई सम्मान गरिएको थियो । प्रमुख अतिथी पर्वत मञ्चका अध्यक्ष दुर्गा गुरुङ मिलनले पैयुँखोला समाजलाई धन्यवाद दिदै मञ्चले आगामी जुन ९ मा हुन गइरहेको पर्वत साँझ २ को बारेमा जानकारी गराउदै सहभागीताका लागि आव्हान गरे ।
समाजका अध्यक्ष निम गुरुङले समाजको बृहतर बिषयमा कुरा राख्दै अन्त्यमा आर्थिक र सामाजिक पाटोमा समेत प्रकाश पार्दै औपचारिक कार्यक्रम समापन गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive