बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

पर्वत ट्राफिकद्धारा वैशाखमा नौ लाख राजश्व सङ्कलन

जेष्ठ ५, २०८१

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको गत वैशाखमा मात्रै नौ लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार वैशाखमा विभिन्न नौ सय ४३ सवारीमाथि गरिएको कारबाहीबाट नौ लाख पाँच हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको हो । उक्त महिनामा सबै भन्दा बढी पाँच सय नौ वटा कार तथा जिपलाई कारबाही गर्दा पाँच लाख १८ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ भने सबैभन्दा कम ४९ वटा ट्र्याक्टरलाई कारबाही गर्दा ३७ हजार रुपैयाँ राजश्व उठेको छ । यस्तै ५३ वटा ट्रक तथा टिपरबाट ३८ हजार पाँच सय, ७९ वटा बसबाट ६७ हजार र दुई सय ५१ वटा मोटरसाइकल तथा स्कुटरबाट दुई लाख ४३ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा बढी राजश्व भने अघिल्लो वर्षको कार्त्तितक महिनामा उठेको थियो । उक्त महिनामा कुल एक हजार पाँच सय सवारीहरूमाथि गरिएको कारबाहीबाट ११ लाख २६ हजार रुपैयाँ राजश्व आएको ट्राफिक प्रहरी प्रमुख ओझाले बताउनुभयो । कार्त्तितकमा ५४ वटा ट्रक तथा टिपर, ६६ वटा बस, एक हजार ८१ वटा कार तथा जिप, १९ वटा ट्र्याक्टर र दुई सय ६९ वटा मोटरसाइकल तथा स्कुटर कारबाहीमा परेका थिए ।

ट्राफिक प्रहरी प्रमुख ओझाले विभिन्न माध्यमबाट ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको भए पनि नियम तोड्ने क्रम नरोकिँदा ती सवारीहरू कारबाही परेको बताउनुभयो । ट्राफिक नियमको पालना अन्तर्गत सवारीको अवस्थादेखि सवारी चालकहरूले पूरा गर्नुपर्ने मापदण्ड पूरा नगरेको अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको भन्दै उहाँले नियम पालना गर्दा दुर्घटनामा न्यूनीकरण हुने बताउनुभयो । ट्राफिक प्रहरीले गर्ने कारबाहीले सवारी चालक सहित त्यसमा सवार यात्रुलाई सुरक्षित राख्नका लागि चेतावनी दिने भएकोले ट्राफिक प्रहरीले कारबाही गर्नुको अर्थ सावधानी अपनाउनुपर्ने भन्ने हुने पनि उहाँको भनाइ छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive