बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

मुस्ताङमा जुवा खालबाट साढे आठ लाख सहित १२ जना पक्राउ

कार्तिक २०, २०८१

मुस्ताङ : जिल्ला प्रहरी कार्यालय मुस्ताङले आइतबार राती जुवा खालबाट साढे आठ लाख भन्दा बढी रुपैयाँ सहित १२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको सूचना अनुसार आइतबार साँझ साढे पाँच बजेको समयमा घरपझोङ गाउँपालिका–२ मार्फामा फिरोज लालचनले सञ्चालन गरेको होटेल माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूमा मार्फाका ५० वर्षीय सुरज लालचन, ५६ वर्षीय राजु लालचन, ५० वर्षीय जेम्स हिराचन, ५३ वर्षीय गुन्ज हिराचन, ६० वर्षीय दल बहादुर हिराचन, ५० वर्षीय विश्व लालचन, कास्कीको पोखरा महानगरपालिका–९ घर वतन भई हाल मार्फामा नै बस्दै आएका ५९ वर्षीय आइत ज्वारचन र ६० वर्षीय कम हिराचन रहेका छन्। यस्तै  ३८ वर्षीय समीर ज्वारचन, ५० वर्षीय कविन ज्वारचन, ६५ वर्षीय याम प्रसाद मगर,  र ४० वर्षीय सन्तोष लालचन पनि पक्राउ परेका छन्। उनीहरू खेलिरहेको जुवाको खालबाट आठ लाख बाउन्न हजार आठ सय रुपैयाँ बरामद भएको छ।
रेस्टुरेन्ट दुई वटा कोठामा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी निरीक्षक गणेश सुवेदीको कमान्डमा गएको १५ जनाको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। मुस्ताङ प्रहरीको हिरासतमा रहेका उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive