बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

मोदीमा पोषण पैरवी बैठक सम्पन्न

पर्वत : स्वास्थ्य कार्यालय पर्वतको आयोजना र मोदी गाउँपालिका पर्वतको समन्वयमा पोषण पैरवी बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्मा, उपाध्यक्ष विमल लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अधिकृत बाबुराम पुरीले पोषण कार्यक्रम प्राथमिकतामा राखेर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । देशको समग्र स्वास्थ्य र विकासलाई दिगो बनाउनका लागि पोषण कार्यक्रम अत्यावश्यक भएको उहाँहरूले बताउनुभयो ।

समाजमा बढ्दो कुपोषण, भिटामिन तथा खनिजको अभाव, र सन्तुलित आहारको कमीका कारण धेरै बालबालिका, गर्भवती महिला, र स्तनपान गराउने आमाहरू प्रतिकूल स्वास्थ्य समस्याहरूको सामना गरिरहेका छन् । यस अवस्थालाई सुधार गर्न पोषण कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर प्रभावकारी कदम चाल्नु जरुरी रहेको पनि वक्ताहरूले बताउनुभएको छ ।

पोषण कार्यक्रम प्राथमिकता अन्तर्गत बालबालिकाको प्रारम्भिक पाँच वर्षको पोषण, गर्भवती र स्तनपान गराउने महिलाका लागि सन्तुलित आहार, विद्यालयमा पोसिलो खाजाको व्यवस्था, र पोषणसम्बन्धी सचेतना अभियानहरू सञ्चालन गरिनुपर्ने स्वास्थ्य कार्यालयका फोकल पर्सन तेजप्रसाद सुवेदीले बताउनुभयो ।

यसले उनीहरूको शारीरिक, मानसिक, र संज्ञानात्मक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै उहाँले स्थानीय सरकार, स्वास्थ्य विभाग, र सामुदायिक संस्थाहरूले पनि पोषणमा पहुँच र जागरूकता बढाउन र पोषणसम्बन्धी सेवाहरूलाई सहज र प्रभावकारी बनाउन पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

गाउँपालिकाकी अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, शाखा प्रमुख कृषक ,व्यापारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारी, कृषि शाखा प्रमुख सुस्मीता सापकोटा र स्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फोकल पर्सन तेज प्रसाद सुवेदीले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive