पर्वत : नेपाली काङ्ग्रेस पर्वत पोखरा सम्पर्क समितिको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसमितिलाई पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस पर्वत पोखरा सम्पर्क समितिको दोस्रो अधिवेशन मिति २०८१ कार्तिक १० गते सम्पन्न भएको थियो । उक्त अधिवेशनले डा. गणेश शर्माको अध्यक्षतामा १५ सदस्य पदाधिकारी र सदस्यहरुलाई कार्य समितिको रुपमा सर्वसम्मत निर्वाचित गरेको थियो । कार्य समितिलाई शनिबार पदस्थापन गरिएको हो । उक्त पदस्थापन निवर्तमान तथा संस्थापक अध्यक्ष बलभद्र शर्माको अध्यक्षता र नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका उपसभापति शिवप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा निर्वाचन समिति संयोजक गोविन्दप्रसाद शर्मा, समितिका संस्थापक सल्लाहकारहरू रमेश पौडेल र राम शर्मा पौडेल लगायत जिल्ला कार्यसमिति सदस्य प्रमोद पाण्डे, प्रदेश अधिवेशन प्रतिनिधिहरु किरणराज तिवारी र राजेन्द्र कुमार श्रेष्ठ पोखरा विश्वविद्यालयका प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सभापति तथा निर्वाचन समितिका सदस्य घनश्याम तिवारीले पनि शुभकामना मन्तव्य राख्नुभयो । उक्त पदस्थापन कार्यक्रम निवर्तमान सचिव रामप्रसाद भुर्तेलले सञ्चालन गर्नुभएको थियो भने पदस्थापन पश्चात शुभकामना मन्तव्यको कार्यक्रम नवनिर्वाचित सचिव रमेश थापाले सञ्चालन गर्नुभएको थियो ।
नेपाली काङ्ग्रेस पर्वत पोखरा सम्पर्क समितिको पदस्थापन सम्पन्न
कार्तिक २५, २०८१
