बुध, माघ २१, २०८२
Wed, February 4, 2026

विनाविभागीय मन्त्री बनेको एक महिनापछि गण्डकीमा दुई मन्त्रीले पाए जिम्मेवारी

असार २७, २०७८

काठमाडाैं- विनाविभागीय मन्त्री बनेको करिब एक महिनापछि गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाएका छन्।

जनता समाजवादी पार्टीका (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्‍गेले मन्त्रालय पाउने भएका छन्। आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारी पाएका छन् भने मनाङ्‍गेलाई पुरानै मन्त्रालयमा दोहोर्‍याइएको छ। मनाङ्‍गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिएका छन्।

मुख्यमन्त्रीसँग भएको सहमतिअनुसार अर्थ मन्त्रालय पाउनुपर्ने आचार्यको अडान थियो। मनाङ्‍गेको भौतिक पूर्वाधार पाउनुपर्ने माग थियो।

जेठ २९ मा मुख्यमन्त्रीसँगै शपथ लिएका कांग्रेसका कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी केही दिनअघि पाएका थिए। खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive