बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

डा. सुरेन्द्र सिटौलाको कविता कृति ‘स्वर्गको बस्ती’ सार्वजनिक

पुस २१, २०८१

काठमाडौं : डा. सुरेन्द्र सिटौलाको नयाँ कविता संग्रह ‘स्वर्गको बस्ती’ सार्वजनिक भएको छ।

शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच पूर्वमन्त्री महेश आचार्य, पूर्व कुलपति विष्णुविभु घिमिरे तथा लेखक तथा समालोचक डा. गोविन्द भट्टराईको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो। बागमति बोर्डिङ स्कुलको आयोजनामा भएको उक्त कार्यक्रममा पुस्तकमाथि बोल्दै पूर्वमन्त्री आचार्यले सिटौलाको कवितामा भावना शिक्षा दर्शन चेतना र अनुभवको संगालो भेटिने बताए। ‘कविको चेतनामा परिष्कार भावना र अनुभूति रहेको छ’, उनले भने।

त्यस्तै घिमिरेले सरल भाषामा असरल्ल भावहरू कसरी बुन्न सकिन्छ यसको उदाहरण पुस्तकमार्फत सिटौलाले दिएको टिप्पणी गरे। ‘औसत सर्जकहरूको आँखामा , अनुभूतिमा नपरेका. त्यति महत्व र भाव नपाएका सूक्ष्म विषयहरूलाई काव्यिक रूपमा यति सुन्दर प्रस्तुति दिन सक्नु कविको विशेषता हो’, घिमिरेले भने। डा.भट्टराईले वर्तमान स्थितीमा हाम्रो देश अनेक प्रकारहको विभाजन, विद्रुपता, विसंगति र विवेकहिनताले व्याप्त रहेको समयमा यी कविता यस्तो वर्तमान समाजमा केही उज्यालो पुर्यािउन सकिन्छ कि भनि चेतना-चिराग बोकेर हिँडेको कविका सन्देश जस्ता लाग्ने बताए। ‘यो संग्रह तीन तत्वको संघर्षको कथा हो। ती तत्व हुन् विज्ञान. भौतिकवाद र ईश्वर’, उनले भने, ‘कविता सामयिक सुन्दर र विविध अर्थ भावले भरिएका छन्।‘

कवि सिटौलाले आफ्नो ब्रह्मले सिकाएको आत्मबोधका अभिव्यक्तिहरूकै बाहुल्यता पुस्तकमा समेटिएको उल्लेख गरे। पुस्तकमाथि कलाकार मनोज गजुरेललगायत अन्य व्यक्तिले पनि टिप्पणी गरेका थिए। कार्यक्रममा शोभा खनाल, चक्र दवाडि, रामरञ्जन पौडेलले कविता संग्रहभित्रका कविता वाचन गर्दा गायक शिशिर योगीले सांगितिक प्रस्तुति समेत दिएका थिए। करिब ३३ वटा कविताहरू संग्रहित उक्त पुस्तक मञ्जरी पब्लिकेशनले निकालेको हो। सिटौलाको यसअघि ‘देश र परिवेश’ कविता संग्रह प्रकाशित छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive