बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

पर्वतका स्थानीय तहलाई इमिश अभिमुखीकरण सम्पन्न

माघ १७, २०८१
माघ १७, २०८१
पर्वत : शिक्षा विकास तथा समन्वय इकाई पर्वतको आयोजनामा इमिश एवं विद्यालय लेखापालन तथा सार्वजनिक खरिद सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा रहेको विद्यालयहरूले प्रयोग गरिरहेको इमिश अनलाइन सफ्टवेयरमा विवरण अद्यावधिक गर्ने, सफ्टवेयरमा थप भएर आएका नयाँ सुविधा, प्रयोगको अवस्था, विद्यालयहरूमा भइरहेका समस्या समाधान लगायतको विषयमा जिल्लाका सात वटै स्थानीय तहका प्रतिनिधिहरूलाई तालिम दिइएको समन्वय प्रमुख मतिलाल चपाईँले बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत प्रवीणबाबु भट्टराई, तथ्याङ्क अधिकृत सुशील पौडेल र जिल्ला समन्वय समितिको कार्यालयका प्रमुख किरण पौडेलले अभिमुखीकरण गरेका हुन् । तथ्याङ्क अधिकृत पौडेलले इमिश सफट्वेयरतर्फको अभिमुखीकरण गरेका हुन भने भट्टराई र पौडेलले विद्यालय लेखापालन तथा सार्वजनिक खरिद ऐनको बारेमा अभिमुखीकरण गरेका हुन् ।
जिल्लमा रहेको विद्यालयहरूले इमिश प्रणालीमा भोगेका समस्याहरूको बारेमा बुँदागत रूपमा छलफल गर्दै स्थानीय तहबाट समस्या समाधान गर्ने विषयमा तालिममा सिकाइएको छ । यस्तै विद्यालय कर्मचारीहरूले लेखापालनमा अपनाउनुपर्ने पद्धति र खरिद गर्ने प्रक्रिया, त्यसमा अहिले भइरहेका समस्या लगायतका बारेमा पनि अभिमुखीकरण गरिएको छ ।
स्थानीय तहहरूसँगको समन्वयमा गरिएको अभिमुखीकरणले स्थानीय तहका शिक्षा शाखा र विद्यालयका कर्मचारीहरूलाई थप अद्यावधिक बनाएको समन्वय प्रमुख चपाईँले बताए । यो कार्यक्रमले विद्यालयबाट स्थानीय तहमा आएका सफ्टवेयरसम्बन्धी समस्या समाधानको लागि झनै सजिलो हुने उनको भनाइ छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive