मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

अराजकता मच्चाउने बिरुद्ध सेना : २७ जना पक्राउ, ३३ लाख सहित केही हतियार बरामद

भदौ २५, २०८२

पर्वत : ‘जेनजी’ समूहको प्रदर्शनको फाइदा उठाउँदै लुटपाट सहितका अराजक गतिविधि मच्चाउने २७ जनालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् ।
नेपाली सेनाले दिएको जानकारी अनुसार सेनाको नेतृत्वमा मङ्गलवार राती १० बजेदेखि सुरु भएको ‘अपरेसन’को क्रममा बुधवार बिहान १० बजेसम्म उनीहरू पक्राउ परेका हुन् । काठमाडौँ लगायत देशका विभिन्न स्थानहरूमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट गर्ने, आगजनी गर्ने, जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक र उच्छृङ्खल गतिविधिमा संलग्न भएकाहरूलाई नियन्त्रणमा लिइएको सेनाले बताएको छ ।
काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद भएको छ । काठमाडौँको विभिन्न स्थानहरूबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका ३१ नाल हतियार तथा म्यागेजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको पनि नेपाली सेनाले जानकारी दिएको छ ।
सेनाका अनुसार नेपाल प्रहरीका २३ जना घाइते तथा तीन जना गैर सैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको छ । यस्तै तीन वटा वारुण यन्त्रको प्रयोग गरेर आगजनी नियन्त्रणको प्रयास भइरहेको छ । सुरक्षा निकायहरूले नागरिकहरूलाई अफवाहबाट सचेत रहनुका साथै शान्ति र कानुनी मर्यादामा रहन अनुरोध गरिरहेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive