बुध, माघ २१, २०८२
Wed, February 4, 2026

रोट्र्याक्ट क्लब अफ पर्वतले यसरी मनायो चापागाईंको जन्मदिन

अशोज ३, २०८२

पर्वत : रोट्र्याक्ट क्लब अफ पर्वतले क्लबका बोर्ड सदस्य तथा पब्लिक इमेज चियर दोर्ण राज शर्मा चापागाईंको शुभ जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विशेष कार्यक्रमको आयोजना गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–१ पाङस्थित गहतारामा रहेको लक्ष्मी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै जन्मदिन मनाइएको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष, निवर्तमान अध्यक्ष, अन्य बोर्ड पदाधिकारी, सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरू, विद्यालयका प्राध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । शैक्षिक सामग्री प्राप्त गर्दा विद्यार्थीहरू हर्षित देखिएका थिए । क्लबका अध्यक्षले भविष्यमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त अवसरमा सहयोगदाता चापागाईंले आफ्नो जन्मदिन सामाजिक सेवामा समर्पित गर्न पाउँदा हर्ष व्यक्त गर्दै आगामी दिनहरूमा पनि समाज र शिक्षा क्षेत्रको उन्नयन) का लागि आफू क्रियाशील रहने बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive