बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

मोदिबेणी दिब्यधाममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

पुस १२, २०८२

पर्वत : डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले मोदिबेणी दिब्यधाममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

लामिछानेको १०औँ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले स्व. डिल्लीराम लामिछाने निष्ठा, त्याग र आदर्शको प्रतीक भएको उल्लेख गर्दै आजको राजनीतिमा त्यस्ता व्यक्तित्वको अभाव महसुस भइरहेको बताइन् । उनले सामाजिक सेवामार्फत उहाँका मूल्य र आदर्शलाई जीवित राख्न प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको भनाइ राखिन् ।

कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालकी प्रमुख संरक्षक एवम् स्वर्गिय लामिछानेकी धर्मपत्नी सिता काफ्ले लामिछाने लगायतले बोलेका थिए । कार्यक्रम डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष हिरामणी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्वागत मन्तव्य मोदिबेणी दिब्यधामका अध्यक्ष केशवदास बैरागी र सञ्चालन प्रतिष्ठानका सचिव सुरेन्द्र केसीले गरेका थिए । २०२५ साल असोज ३ गते पर्वतको कटुवाचौपारीमा जन्मेका समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय लामिछानेको क्यान्सर रोगका कारण ४७ बर्षको उमेरमा गत २०७२ साल पौष १२ गते निधन भएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive