मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

न्यायिक जितकाल लागि ‘टिम मंगल’ : डा. शाही

पुस १६, २०८२

ललितपुर : नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनलाई लिएर उत्पन्न विवादपछि अदालतबाट आफ्नो उम्मेदवारी कायम भएसँगै उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदका उम्मेदवार डा. अरुण शाहीले सम्पूर्ण चिकित्सकहरूलाई न्याय, नियम र पेशागत मर्यादाको पक्षमा उभिन आग्रह गरेका छन् ।
तीन हप्ता अघि उम्मेदवारी घोषणा गर्दै एनएमएको निर्वाचनलाई ‘एनएमए उत्सव’का रूपमा मनाउनुपर्ने धारणा सार्वजनिक गरेका डा. शाहीले पछिल्ला दुई हप्ता न्यायका लागि संघर्ष गर्नुपरेको बताए । “न्यायको बाटो सजिलो हुँदैन, तर सत्य, विधि र नैतिकतामा अडिग रहेर न्यायिक ढोका ढकढक्याउँदा अन्ततः अदालतबाट मेरो उम्मेदवारी कायम भयो,” उने भने ।
उनका अनुसार अहिले कानुनी न्याय स्थापित भइसकेको छ, तर अब पालो व्यावसायिक न्यायको हो, जुन चिकित्सकहरूको मतबाट मात्र सम्भव हुने उनले बताए “यो चुनाव केवल एक व्यक्तिको जित–हार होइन, चिकित्सकहरूको आत्मसम्मान, निष्पक्ष प्रतिस्पर्धा र संस्थागत लोकतन्त्रको सवाल हो,” उनको भनाइ छ ।
डा. शाहीले अन्याय सहनु नियति बनेमा भविष्यमा कुनै पनि चिकित्सक त्यसको सिकार हुन सक्ने चेतावनी दिँदै आफ्नो पक्षमा मतदान गर्नु अन्यायविरुद्ध उभिनु भएको बताए । म कुनै एक समूहको उम्मेदवार होइन, सबै चिकित्सकहरूको प्रतिनिधि बन्न चाहन्छु,” उनले स्पष्ट पारे ।
संघर्षमा पनि मर्यादा नछोड्ने, विरोधमा पनि पेशागत शालीनता कायम राख्ने र नेपाल चिकित्सक संघलाई अझ बलियो, न्यायपूर्ण तथा समावेशी बनाउने संकल्पसहित अघि बढेको उनले उल्लेख गरेका छन् ।
उनले न्यायिक जितलाई लोकतान्त्रिक जितमा बदल्न ‘टिम मंगल’ लाई साथ, सहयोग र मत दिन सबै चिकित्सकहरूलाई अपिल गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive