मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

दृष्टिविहीन विद्यार्थीहरूका लागि शिवालय मा.वि.मा क्रिकेट प्रशिक्षण सुरु

माघ ५, २०८२

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालय र बागलुङ नगरपालिका–१४ बलेवामा रहेको जनताधन माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूका लागि क्रिकेट प्रशिक्षण सुरु भएको छ ।
कुश्माको शिवालय मा.वि.मा हालै निर्माण सम्पन्न भएको क्रिजमा सोमबारदेखि पाँचदिने क्रिकेट तालिम सुरु भएको हो । शिवालय माध्यमिक विद्यालयमा गठन भएको बाल क्रिकेट क्लबका विद्यार्थी तथा जनताधन माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूको सहभागितामा सञ्चालन हुने तालिमको संयुक्त रूपमा उद्घाटन गरिएको हो ।
तालिमको उद्घाटन पर्वत क्रिकेट संघका अध्यक्ष रेशम बहादुर के.सी. र विद्यालय व्यवस्थापन समिति अध्यक्ष भविन्द्र गिरिले संयुक्त रूपमा गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द पोख्रेल, जिल्ला खेलकुद विकास समितिका सदस्य सन्तोष पौडेल तथा गण्डकी प्रदेश खेलकुद महासंघका सदस्य इन्द्र प्रसाद शर्माको उपस्थिति रहेको थियो ।
पाँच दिने तालिममा नेत्रहिन क्रिकेट संघ कास्कीका सचिव तथा राष्ट्रिय खेलाडी युवराज भण्डारी, प्रशिक्षक सिद्धान्त खनाल र शिक्षक आनन्द पौडेलले प्रशिक्षण प्रदान गर्नुहुनेछ । तालिममार्फत दृष्टिविहीन विद्यार्थीहरूमा क्रिकेटप्रतिको रुचि विकास गर्नुका साथै उनीहरूको खेलकुद क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले बताएका छन् ।
कार्यक्रममा वक्ताहरूले समावेशी खेलकुद विकासका लागि यस्ता तालिमहरू महत्वपूर्ण हुने उल्लेख गर्दै भविष्यमा पनि निरन्तर सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive