पर्वत : पर्वतको कुस्मा नगरपालिका १२ ठुलीपोखरीमा अवस्थित जनता सुदर्शन माध्यमिक विद्यालयमा बिहीबार एक समारोहकाबीच पुरस्कार तथा छात्रवृत्ति वितरण समारोह सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा शैक्षिक सत्र २०८१ का शैक्षिक पुरस्कार अतिरिक्त क्रियाकलापको पुरस्कारहरू विभिन्न अक्षय कोषका पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको छ । त्यसैगरी कुश्मा नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने विद्यार्थीहरू र विद्यालयको विभिन्न विशेष जिम्मेवारीहरूमा रही कुशलतापूर्वक कार्यसम्पन्न गर्नुहुने शिक्षकहरु आनन्दप्रसाद शर्मा सबिना शर्मा विष्णुबहादुर बि.क र निवर्तमान प्रधानाध्यापक मेघनाथ आचार्यलाई सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा पूर्व विद्यार्थी रुद्रबहादुर केसी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हेमराज सापकोटा कुश्मा नगरपालिका–१२ का निवर्तमान वडाध्यक्ष राजेन्द्र पौडेल, विद्यालयका प्रधानाध्यापक गोविन्दराज गौतम लगायतले मन्तव्य राख्नुभएको थियो । नेपाल सरकारका उपसचिव तथा विद्यालयका पूर्व विद्यार्थी रामप्रसाद आचार्यको प्रमुख आतिथ्यता, निवर्तमान पधानाध्यापक मेघनाथ आचार्यको स्वागत र विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमनाथ कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षकद्वय विष्णुबहादुर वि.क र विनोद सुवेदीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गर्नुभएको विद्यालयका शिक्षक दामोदर पौडेलले जानकारी दिनुभयो ।
जनता सुदर्शनमा पुरस्कार वितरण
फाल्गुन १, २०८२




