मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

जेसीआई नेपाल लोम लिडर्स एकेडेमी २०२६ मा पर्वत जेसीज सम्मानित

फाल्गुन ३, २०८२

पर्वत : सन २०२६ मा आयोजित जेसीआई नेपाल लोम लिडर्स एकेडेमी कार्यक्रममा पर्वत जेसीज सम्मानित भएको छ ।
पर्वत जेसीजको उत्कृष्ट सहभागिता, समर्पण र सक्रियताको कदरस्वरुप ‘सङ्कल्प कमिटमन्ट अवार्ड’ मिलेको पर्वत जेसीजका अध्यक्ष शर्मिला शर्माले बताइन् । उक्त अवार्ड पर्वत जेसीजको निरन्तर प्रतिबद्धता, प्रभावकारी नेतृत्व विकास र सङ्गठनप्रतिको जिम्मेवारीपूर्ण भूमिकाको परिणामका रुपमा लिइएको अध्यक्ष शर्माको भनाइ छ । यसलाई एउटा पुरस्कारको रुपमा मात्रै नलिएर प्रतिबद्धताबाट सफलतासम्मको यात्राको प्रतिकको रुपमा लिइएको पर्वत जेसीजले बताएको छ ।
यो ऐतिहासिक सफलतामा अध्यक्षीय क्लबका अध्यक्ष, पूर्व अध्यक्ष, बोर्ड सदस्य तथा सम्पूर्ण सदस्यहरुको एकता, समर्पण र सहकार्य महत्वपूर्ण मानिएको छ । पर्वत जेसीजले आगामी दिनहरुमा अझ सशक्त नेतृत्व गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive