शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

देउपुरकी १४ बर्सिया बालिका चार दिनदेखि बेपत्ता

बैशाख ४, २०८३

पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी चार दिनदेखि बेपत्ता भएकी छिन्।
आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन्। म्याग्दी पोखरा सडक खण्डबाट मोदी गाउँपालिकाको पातिचौर जानको लागि गाडीमा चढेको पाइएको छ। तर उनी बाटैमा रहेको पातीचौरमा नझरी कास्कीको पोखरा महानगरपालिका–२५ हेमजाको मिलन चोकमा झरेको पाइएको स्थानीय शिक्षक भूमिराज शर्माले बताए।
झर्नुपर्ने ठाउँबाट करिब ३५ किलोमिटर अगाडि हेमजामा झरेसम्मको थाहा भएको भए पनि त्यसपछिको उनको अवस्था अज्ञात रहेको छ। स्थानीय जननेत्र माध्यमिक विद्यालयको कक्षा ८ उत्तीर्ण गरी अब ९ मा अध्ययन गर्न लागेकी जैसी घरकी जेठी सन्तान हुन्। उनका ३ भाइ छन् भने एक भाइ शारीरिक अपाङ्गताका कारण विद्यालय जान नसक्ने अवस्थामा छन्। कृषिमा आधारित परिवार पाल्नका लागि बुबाले सामान्य कृषि र ज्यालादारीमा काम गर्दै आइरहेका छन्।
उनलाई भेटेमा वा शङ्कास्पद भएमा नजिकैको प्रहरीमा खबर गरेर आफ्नी छोरीलाई सम्पर्कमा ल्याइदिन परिवारले अनुरोध गरेको छ।

वैशाख २, २०८३

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive