सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

पर्वतको माझमेलामा भएको इभी दुर्घटनामा १० जना घाइते

बैशाख २१, २०८३

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–४ माझमेलास्थित पोखरा–बागलुङ सडक खण्डमा विद्युतीय माइक्रो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार सोमबार दिउसो करिब ३ बजेको समयमा बेनीबाट पोखराका लागि छुटेको ग १ ज ८६७५ नम्बरको इभी दुर्घटनामा परेको हो । दुर्घटनामा परी म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानी बस्ने ६० वर्षिया देवी खत्री, रघुगंगा गाउँपालिका–२ की २८ वर्षिया लक्ष्मी भण्डारी, २५ वर्षिया सीता परियार, कास्कीको पोखरा महानगरपालिका–१३ की ५५ वर्षिय लालवीर दमै, पर्वतको जलजला गाउँपालिका–२ की ३८ वर्षिया लीला परियार घाइते भएका छन् । उनीहरूको टाउकोमा, शरीरमा सामान्य दधारिएको, शरीरको भित्री भागमा चोट लागेको तथा अवस्था मध्यमदेखि सामान्यसम्म रहेको प्रहरीले बताएको छ ।
दुर्घटनाका अन्य घाइतेमा पर्वतको जलजला गाउँपालिका–२ का ८ वर्षिय दिप्सन परियार, ४९ वर्षिया विष्णु दमै, १९ वर्षिया सुस्मिता दमाई, कास्कीको पोखरा महानगरपालिका–१० की ३८ वर्षिया सुशीला थापा र वतन नखुलेका अन्दाजी ५० वर्षिया लीला रहेको छन् । उनीहरू सबै जनाको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ ।
इभी अचानक चिप्लिएर सडकको बायाँतर्फ नालीमा पल्टिएको हो । घटना लगत्तै जिल्ल प्रहरी कार्यालय पर्वतबाट पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि पठाएको हो भने ईभीका चालक पोखरा महानगरपालिका–११ हेम्जामा बस्ने २५ वर्षिय मिलन सुनारलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

वैशाख २१, २०८३

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive