बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026

वडा सदस्य पौडेलको निधनमा कुश्मा नगरपालिकाको कार्यालयमा सार्वजनिक बिदा

जेष्ठ २०, २०८३

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरका वडा सदस्य (नगर सभा सदस्य) केशवप्रसाद पौडेलको सवारी दुर्घटनामा निधन भएपछि कुश्मा नगरपालिकाले शोक व्यक्त गर्दै बुधबार सार्वजनिक बिदा गरेको छ ।
नगरपालिकाद्वारा जारी शोक विदा सम्बन्धी सूचनाअनुसार सोमबार राती करिब ८ बजेको समयमा आर्थरको वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको जिप सोमबार राती करिब पौने ९ बजेको समयमा अँधेरीनेटा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका पौडेललाई उद्धार गरी उपचारको लागि तत्कालै पोखरा लगिएको थियो । तर उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनको निधनको खबरले सम्पूर्ण कुश्मा नगरपालिका परिवार स्तब्ध तथा मर्माहित भएको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले दिवंगत पौडेलले समाज र राष्ट्रप्रति पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।
पौडेलको निधनको शोकमा कुश्मा नगरकार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द गरिएका हुन् । तर ती कार्यालयहरुमा पनि आकस्मिक सेवा तथा नगरपालिकाभित्रका विद्यालयहरु भने सञ्चालन भएका छन् ।
उक्त जिप दुर्घटनामा परेर घाइते भएका अन्य दुई जनाको भने पोखरामा उपचार चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जिपका चालक आर्थरकै २७ वर्षिय बुद्धि सागर पौडेल र ४६ वर्षिय राजेन्द्र पौडेलको उपचार भइरहेको हो । उनीहरू दुवैको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । यात्रुहरूलाई छोडी चालक घर फर्किने क्रममा भएको दुर्घटनामा उक्त बलेरो पिक अप जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive