मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026

रोटरी क्लब अफ पोखरा न्यूरोडद्वारा क्लब अफिसर अभिमुखीकरण सम्पन्न

असार ९, २०८३

पोखरा : रोटरी क्लब अफ पोखरा न्यूरोडले रोटरी वर्ष २०२६/२७ का पदाधिकारी तथा नेतृत्व तहका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्लब अफिसर लर्निङ सेमिनार आयोजना गरेको छ।

क्लब अध्यक्ष अमृत बास्तोलाको अध्यक्षतामा सम्पन्न सेमिनारलाई तीन चरणमा सञ्चालन गरिएको थियो। प्रारम्भिक सत्रमा पूर्व अध्यक्ष सुभाष सिग्देलले रोटरीको वार्षिक विषयवस्तु तथा डिस्ट्रिक्टका प्रमुख लक्ष्यबारे प्रस्तुति दिएका थिए।

त्यसपछि आयोजित कार्यात्मक (फङ्सनल) ब्रेकआउट सत्रमा क्लबका संस्थापक अध्यक्ष रविप्रसाद बरालले अध्यक्ष, सचिव र कोषाध्यक्षको जिम्मेवारी, नेतृत्व कौशल तथा प्रभावकारी कार्यसम्पादनका विषयमा प्रशिक्षण प्रदान गरेका थिए।

सेमिनारको अर्को चरणमा क्लबले चालु रोटरी वर्षका लक्ष्यहरू पूर्ण रूपमा हासिल गर्न अपनाउनुपर्ने रणनीतिबारे समूहगत छलफल गरिएको थियो। सहभागीहरूलाई छ वटा समितिमा विभाजन गरी विभिन्न विषयमा विचार–विमर्श गराइएको थियो।

छलफलपश्चात् समितिका संयोजक रामविक्रम अधिकारी, दुर्गा बराल शर्मा, अब्राहम खान, सिद्धार्थ लाभाजु, गीता सिग्देल तथा रवीन्द्र गुरुङले आफ्ना समूहका निष्कर्ष, कार्ययोजना र लक्ष्य कार्यान्वयनका रणनीतिहरू प्रस्तुत गरेका थिए। उक्त सत्रमा क्लबका पूर्व अध्यक्षहरूले सहजीकरण गर्दै अनुभव तथा सुझावहरू समेत साझा गरेका थिए।

सेमिनार सम्पन्न भएपछि रोटरी वर्ष २०२६/२७ का अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यकालको पहिलो क्लब एसेम्बली पनि आयोजना गरिएको थियो। असिस्टेन्ट गभर्नर विप्लव हमालको उपस्थितिमा सम्पन्न एसेम्बलीले वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गर्नुका साथै क्लबको बाइलजमा आवश्यक संशोधनहरू पारित गरेको जनाएको छ।

क्लब अफिसर लर्निङ सेमिनारको संयोजन संस्थापक अध्यक्ष एवं क्लब लर्निङ फेसिलिटेटर रविप्रसाद बरालले गरेका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive