बुध, असार १७, २०८३
Wed, July 1, 2026

मोदीको सामुदायिक वनबाट आठ थान अवैध भरुवा बन्दुक बरामद

असार १७, २०८३

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले अवैध हातहतियार खोजतलासका क्रममा मोदी गाउँपालिका–८ स्थित एक सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बुधबार प्रहरी निरीक्षक राजन कुमार पटेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष ‘स्विप अपरेसन’ सञ्चालन गर्ने क्रममा मोदी गाउँपालिका–८ अन्तर्गत लेलेखोला उडो पाखा सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका आठ थान भरुवा बन्दुक फेला पारेको हो।

प्रहरीले बरामद गरिएका बन्दुकहरू सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याई राखिएको जनाएको छ। बरामद भएका हातहतियार कसले र कुन उद्देश्यले वन क्षेत्रमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतले अवैध हातहतियार नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न यस्ता खोजतलास र निगरानीका कार्यलाई निरन्तरता दिइने जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive