शनि, असार २०, २०८३
Sat, July 4, 2026

रोटरी क्लब अफ पोखरा न्यूरोडको १७ औँ पदस्थापन, गुरुङलाई औपचारिक जिम्मेवारी प्रदान

असार २०, २०८३

पर्वत : रोटरी क्लब अफ पोखरा न्यूरोडको १७औँ पदस्थापन समारोह शुक्रबार पोखरामा सम्पन्न भएको छ । समारोहमार्फत रोटरी वर्ष २०२५/२६ का अध्यक्ष अमृतराज बाँस्तोलाले अध्यक्षीय जिम्मेवारी राजकुमार गुरुङलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ (नेपाल तथा भुटान) का डिष्ट्रिक्ट गभर्नर इलेक्ट डा. ईश्वरी प्रसाद ढकालले क्लबले स्थापना कालदेखि नै सामाजिक सेवा, सामुदायिक विकास तथा नेतृत्व अभिवृद्धिका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
उनले रोटरी वर्ष २०२६÷२७ का लागि तय गरिएका प्रमुख योजनाबारे जानकारी दिँदै साउन २६ गतेदेखि साताव्यापी एक लाख बिरुवा रोपण अभियान सञ्चालन गर्ने, विभिन्न स्थानमा २० वटा कम्प्युटर ल्याब स्थापना गर्ने, ३५ वटा ग्लोबल ग्रान्ट परियोजना कार्यान्वयन गर्ने, दन्त स्वास्थ्यसम्बन्धी कार्यक्रम विस्तार गर्ने तथा क्लबको सदस्य संख्या १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य रहेको बताए ।
पद हस्तान्तरणपछि निवर्तमान अध्यक्ष बाँस्तोलाले आफ्नो कार्यकालका उपलब्धि समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा साझेदारप्रति आभार व्यक्त गरे । साथै उनले सहयोगी व्यक्तित्वहरू तथा पोखरा क्षेत्रका विभिन्न रोटरी क्लबका अध्यक्षहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष राजकुमार गुरुङले आफ्नो कार्यकालको कार्ययोजना सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामुदायिक विकासलाई प्राथमिकतामा राखेर सेवा गतिविधि अघि बढाइने प्रतिबद्धता जनाए । लामो समयसम्म पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका गुरुङ विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा समेत सक्रिय रहँदै आएका छन् ।
क्लबका संस्थापक अध्यक्ष रविप्रसाद बरालले अध्यक्ष गुरुङको परिचय गराउँदै सफल नेतृत्वका लागि शुभकामना व्यक्त गरे भने असिस्टेन्ट गभर्नर विप्लव हमालले रोटरीको उद्देश्य, महत्व तथा सामाजिक सेवामा यसको भूमिकाबारे धारणा राख्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रममा क्लब एड्मिन चेयर तथा पूर्व अध्यक्ष रामविक्रम अधिकारीले प्रमुख अतिथि डा. ढकालको परिचय गराएका थिए । कार्यक्रम संयोजक तथा क्लब इलेक्ट पुष्पराज पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव वर्षाकेशव पराजुलीले गरेका थिए । कार्यक्रमको अन्त्यमा टिआरएफ चेयर गीता सिग्देलले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
समारोहकै अवसरमा नवनिर्वाचित अध्यक्ष गुरुङका परिवारका सदस्यहरूले क्लबको सामाजिक सेवामूलक अभियानलाई सहयोग पुग्ने उद्देश्यले करिब ८० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive