पर्वत : जिल्ला भलिबल संघ, पर्वतको तेस्रो अधिवेशनबाट जगदिश सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन भएको छ ।
अधिवेशनले पर्वतमा भलिबल खेलको विकास, विस्तार तथा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा किरण गुरुङ र सुजन केसी चयन भएका छ । त्यसैगरी महासचिवमा मुक्ति बहादुर कोईराला र कोषाध्यक्षमा प्रज्वल शर्मा चयन भएका छ । संघको सदस्यहरूमा बिमल गुरुङ, रमेश कुमार श्रेष्ठ, पुष्पराज श्रेष्ठ, निरज कुँवर, जीत बहादुर राना र गणेश पराजुली चयन भएका छ ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै पर्वतमा भलिबल खेलको विकास, विस्तार र खेलाडीहरूको क्षमता अभिवृद्धिमा नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै जिल्लामा भलिबलको सम्भावना र प्रतिभाको पहिचान गर्दै खेलाडीलाई आवश्यक अवसर तथा प्रोत्साहन प्रदान गर्नुपर्नेमा जोड दिइएको छ ।
जिल्ला भलिबल संघ पर्वतको अध्यक्षमा जगदिश सुवेदी
अशोज ५, २०८३




