शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पैयूँ गाउँपालिकाद्धारा २६ लाख प्रदान

अशोज २३, २०८३

पर्वत : पर्वतको पैयुँ गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख ६६ हजार १०५ रुपैयाँ जम्मा गरेको छ ।
विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार उक्त रकममध्ये गाउँपालिकाको विपद् कोषबाट २ लाख रुपैयाँ, पदाधिकारीतर्फबाट १ लाख ४० हजार ३५० रुपैयाँ तथा शिक्षा र स्वास्थ्यसमेतका कर्मचारीबाट २३ लाख २५ हजार ७५५ रुपैयाँ संकलन गरिएको छ । तीनवटै शीर्षकको रकम जोड्दा कुल २६ लाख ६६ हजार १०५ रुपैयाँ पुगेको छ ।
विपद्का बेला प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम जम्मा गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी र उपाध्यक्ष यामकुमारी रानाद्वारा हस्ताक्षरित विवरणमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि स्थानीय तह, जनप्रतिनिधि र कर्मचारीबाट गरिएको यो आर्थिक सहयोगले विपद् व्यवस्थापनमा सामूहिक जिम्मेवारी र सहकार्यको सन्देश दिइएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive