मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

जसपा पनि विभाजन, नयाँ दल दर्ताका लागि महन्थ ठाकुर पक्षको निवेदन

भदौ २, २०७८

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका नेता महन्थ ठाकुरले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेता ठाकुर समूहले नयाँ पार्टी दर्ताको निवेदन दिएको हो।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल राखिएको छ। नयाँ पार्टीमा अध्यक्ष ठाकुर एकल अध्यक्ष रहने छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहने भएका छन्।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि नेता ठाकुरले नयाँ पार्टी दर्ता गरेका हुन्। ठाकुरले नयाँ पार्टी दर्ता गरेसँगै जसपा विभाजनले पनि औपचारिकता पाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive