बुध, माघ २१, २०८२
Wed, February 4, 2026

भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

असार १७, २०७८

काठमाडाैं : भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको छ। असार १४ गते सोमबार बसेको मन्त्रिपरिद् बैठकले यस्तो निर्णय गरेको हो। 

थापाले नेपाल-अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल-अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए। 

उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेका थिए।

गोरखा (नेपाल) सँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौं पुगेको करिब एक वर्षपछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए।

त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा बाजुराका श्री राजबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यसैगरी सरकारले सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ पनि स्वीकृत गर्ने निर्णय गरेको छ।

थापालाई समावेश गरिएपछि नेपालमा अब १७ जना राष्ट्रिय विभूति भएका छन्

नेपालका अन्य १६ जना राष्ट्रिय विभूतिहरू 

१ गौतम बुद्ध
२ अंशुवर्मा
३ सीता
४ जनक
५ अरनिको
६ रामशाह
७ अमरसिंह थापा
८ पृथ्वीनारायण शाह
९ भानुभक्त आचार्य
१० भीमसेन थापा
११ बलभद्र कुँवर
१२ श्री ५ त्रिभुवन
१३ मोतीराम भट्ट
१४ शङ्खधर शाख्वा
१५ पासाङ ल्हामु शेर्पा
१६ महागुरु फाल्गुनन्द

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive