मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मंसिर २०, २०७८

मङ्सिर २०, २०७८
पर्वत : ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ मनाइँदै गरेको लैगिङ्गक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा आइतवार कुश्मामा ‘महिला हिंसा र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वतको आयोजना तथा कुश्मा नगरपालिका, सामाजिक विकास शाखा र सिसेफ महिला समूहसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा सहभागी बक्ताहरुले समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष र महिलाको समान भूमिका हुने कुरामा जोड दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) का राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले कार्यपत्र प्रस्तुत गर्दै लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको इतिहास, यसको औचित्य र आवश्यकताका बारेमा नेपालको पछिल्लो तथ्याङ्कसहित प्रष्ट पारेका थिए । उनले जुनसुकै नाम, रुप र स्वरुपमा देखिने लैङ्गिक हिंसाले समुन्नत, समृद्ध, न्यायपूर्ण र समतामा आधारित समाज तथा राष्ट्र निर्माण हुन नसक्ने भएकाले लैङ्गिक हिंसाको अन्त्य जरुरी भएको कुरामा जोड दिए । पहाडीले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान जस्ता दिवस तथा अभियानहरु बर्षको एक वा केही दिन मात्र मनाएर नहुने बरु हरेक दिन समाजका सबै सदस्यहरुले आफ्नो आचरण, आनीबानी र ब्यवहारबाट नै सबै प्रकारका हिंसा नगर्ने, नसहने र हुन नदिने तर्फ ध्यान दिनुपर्ने खाँचो रहेको बताए । घरेलु हिंसा र विद्यालयमा हुने हिंसाजन्य क्रियाकलापहरुले बालबालिकाहरुले शिक्षा पाउने अधिकारबाट बञ्चित हुनुपर्ने दृष्टान्त २१ सौं शताब्दीको समाजलाई सह्य हुन नहुने कुरामा उनले जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा कुश्मा नगरपालिका, सामाजिक विकास शाखाका प्रमुख डिलकुमारी शर्माले हिंसा भनेको कुनै पनि व्यक्तिलाई कुनै पनि प्रकारले शारीरिक, मानसिक, यौनजन्य तथा अन्य तरिकाले दुःख, पीडा, हानी, नोक्सानी पु¥याउने कार्य भएकाले यसले ब्यक्तिको ब्यक्तित्व विकासका साथै समाजको अग्रगतिमा बाधा पु¥याउने तर्क गर्दै लैङ्गिक हिंसाको पूर्ण अन्त्यको खाँचो रहेको औंल्याइन । शर्माले यौनजन्य प्रकृतिका दु–व्यवहार, वैवाहिक बलात्कार, बलात्कार, चेलिबेटी बेचविखन जवरजस्त यौन व्यवसायमा संलग्न गराउने, छाउपडी, देउकी, वादी, झूमा राख्ने, यौन सन्तुष्टिका लागि गरिने गलत क्रियाकलापहरु आधुनिक समाजमा पनि रहिरहनु दुखद कुरा भएको बताइन् । उनले कोभिड महामारीले महिला तथा बालबालिका माथि हुने हिंसा बढ्न सक्ने तर्फ सचेत हुँदै सबै सरोकारवालाहरुले चनाखो नजर पु¥याउनुपर्ने तर्फ ध्यानाकर्षण गराइन ।
अन्तरक्रियामा सहभागी हुँदै सबैजसो बक्ताहरुले आजको आधुनिक युगमा आएर पनि पारिबारिक, शारिरीक, सामाजिक, साँस्कृतिक, आर्थिक, मानसिक, राजनीतिक लगायतका हिंसाबाट समाज ग्रसित हुन ज्यादै लज्जाको विषय भएकाले आजैदेखि सबै प्रकारका हिंसा अन्त्यका लागि सम्बन्धित सरोकारवालाहरु प्रतिबद्ध भई लाग्नुपर्ने कुरामा जोड दिएका थिए । अन्तरक्रियामा एनसिई नेपाल पर्वतका संयोजक यज्ञ प्रसाद शर्मा, सिसेफ नेपालका अध्यक्ष दुर्गा बहादुर बस्याल, सिसेफ महिला समूहकी टिका श्रेष्ठ, सिसेफ नेपालका पूर्व अध्यक्ष टंकनाथ लामिछाने, समाजसेवी ज्ञानु श्रेष्ठ, एनसिई नेपाल पर्वतका सदस्य फुलराज शर्मा, सिसेफ नेपालका निवर्तमान अध्यक्ष बिष्णुराज पुरी, युवा अभियन्ता ध्रुब श्रेष्ठ, रमेश श्रेष्ठलगायतले आ–आफ्नो भनाई राखेका थिए ।
सिसेफ महिला समूहका अध्यक्ष पवित्रा श्रेष्ठको अध्यक्षता, सिसेफ नेपालका अध्यक्ष दुर्गा बहादुर बस्यालको स्वागत मन्तब्य र सिसेफ महिला समूहका सचिव ज्योती गुरुङले सञ्चालन गरेको कार्यक्रममा एनसिई नेपाल पर्वतका संयोजक यज्ञ प्रसाद शर्माले एनसिई नेपालले सञ्चालन गर्ने गतिविधिका बारेमा जानकारी गराउनुका साथै धन्यवाद मन्तब्य राखेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive