बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

एक सय ३३ एम्पुल लागु औषध सहित एक जना पक्राउ

बैशाख १३, २०७९

वैशाख १३, २०७९
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले एक सय ३३ एम्पुल लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्र अधिकारीका अनुसार पर्साको पर्सौनी गाउँपालिका–१ घर भई पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा बस्दै आएका २४ वर्षिय धिरेन्द्र ओझैयालाई सोमबार नियन्त्रणमा लिइएको हो।
ओझैयाले लागू औषधको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बस्दै आएको कोठाबाट नियन्त्रणमा लिएको हो। उनको साथबाट दुई एमएल परिमाणको ४५ एम्पुल फेनेरागन, दुई एमएल परिमाणको ४३ एम्पुल डाइजपाम र दुई एमएल परिमाणको ४५ एम्पुल नोफिन सहित पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए।
ओझैयाका विरुद्ध सोमबार नै ‘लागू औषध सम्बन्धी कसुर’ मा मुद्दा दर्ता गरेर अदालतबाट छ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive