बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

आसन्न स्थानीय तहको निर्वाचनमा शिक्षाका सवाल विषयमा युवासङ्ग अन्तरसम्बाद कार्यक्रम सम्पन्न

बैशाख १६, २०७९
यही बैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा के कस्ता शैक्षिक सवालहरुमा उम्मेदवार र तिनले प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुले प्रतिबद्धता ब्यक्त गर्न आवश्यक छ भन्ने बारेमा अभियानकर्मी र युवाहरुका बीचमा बहश कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२२ को सन्दर्भमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वतको आयोजनामा अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका बक्तासहितका सहभागीहरुले संबैधानिकरुपमा स्वीकार गरिएको अनिवार्य र निशुल्क माध्यमिक तहसम्मको शिक्षाका प्रति स्थानीय सरकारहरु प्रतिबद्ध हुनुपर्ने र समावेशी तथा समतामूलक शिक्षाको सुनिश्चिता गर्न कुनै कसर बाँकी राख्न नहुने कुरामा जोड दिए । बक्ताहरुले विद्यालय तहको शिक्षाको सम्पूर्ण ब्यवस्थापनको अधिकार स्थानीय सरकारको भएकाले आसन्न निर्वाचनमा प्रतिष्पर्धा गर्ने उम्मेदवारहरुले आफ्ना प्रष्ट शैक्षिक योजनासहित मतदातासँग भोट माग्न जानुपर्ने औंल्याए । कूल बजेटको कम्तीमा २० प्रतिशत रकम शिक्षा क्षेत्रका लागि विनियोजन गर्ने बाध्यकारी ब्यवस्था गर्न सकेमात्र सार्वजनिक शिक्षालाई गुणस्तरीय र सबैको पहुँचयोग्य बनाउन सकिने उनीहरुले तर्क गरे ।
कार्यक्रममा एनसिई नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले विषयगत कार्यपत्रसहितको प्रस्तुतीकरण गरेका थिए भने गैसस महासंघका केन्द्रीय सदस्य जगन्नाथ शर्मा, कोक्यापका राष्ट्रिय उपाध्यक्ष पुष्प भुसाल, नेल्टा पर्वतका अध्यक्ष देव शर्मा, शिक्षक चौतारीका अध्यक्ष आनन्द पौडेल, एकनारायण चालिसे, फुलराज शर्मा लामिछाने, समीक्षा पोखरेल, विधि सेन्चुरीलगायतले आफ्नो मन्तब्य राखेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive