बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

शिक्षक संघ कुश्माको अयोजनामा रक्तदान कार्यक्रम हुने

साउन २९, २०७९

पर्वत : नेपाल शिक्षक संघ कुश्मा नगर समितिको आयोजनामा आउँदो भदौ १९ गते रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।
आउँदो भदौ १९ गते नेपालमा नेपालमा रेडक्रस स्थापना भएको दिनको रुपमा रेडक्रस स्थापना दिवस मनाउन लागिएकोले सोही दिनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शिक्षक संघ कुश्मा नगर समितिका अध्यक्ष मिम शर्मा लामिछानेले बताए ।
गत फागुन १४ गते शिक्षक संघ कुश्मा नगर समितिको अधिवेसन भएपछि बसेको तेस्रो बैठकमा शिक्षकहरुको सक्रियता विद्यार्थी र अभिभावक बाहेक सामाजिक सेवामा पनि हुनुपर्ने धारणा अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । समाजमा अझै पनि रक्तदान गर्दा दाताको शरीरलाई हानी हुने सोच रहँदा रक्तदान गर्न हिचकिचाउनेहरु पनि रहेकाले नकरात्मक सोचमा परिवर्तन ल्याउनको लागि पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको लामिछानेको भनाई छ ।
‘समाजमा अझै पनि रगत दान गर्दा आफ्नो शरीरलाई हानी हुने भन्ने मान्यता राखेर रक्तदान गर्न हिचकिचाएको अवस्था छ । रक्तदान कसले गर्ने वा कुन अवस्थाका मान्छेले गर्ने भन्ने कुरा त चिकित्सकको सिफारिस अनुसार हुने हो,’ उनले भने, ‘शिक्षकहरुले पनि रक्तदान कार्यक्रमको आयोजना गरेर सामाजिक सेवाको क्षेत्रमा सक्रियता देखाउनु राम्रो कुरा हो । त्यो कार्यक्रममा शिक्षकहरुले मात्रै रक्तदान गर्ने होईन, इच्छुक जो कोहीले पनि रक्तदान गर्ने हो ।’
कुश्मा नगरपालिका वा अन्य त्यस भन्दा बाहिरका जो कोहीले पनि रक्तदान गर्न पाउने छन् । रगतकै अभावका कारण कोही कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको शिक्षक संघले बताएको छ । भदौ १९ गते बिहान ८ बजेबाट नेपाल रेडक्रस सोसाईटीको भवनमा नै रक्तदान कार्यक्रम सञ्चालन हुने छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतले रक्तदानका लागि प्राविधिक व्यवस्थापनको काम गर्ने छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive