शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

पाङको देवीस्थानमा महाकाली महादेवीको मन्दिर शिलान्यास

फाल्गुन २४, २०७९

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङ स्थित देवीस्थानमा रहेको महाकाली महादेवी मन्दिरको शिलान्यास गरिएको छ ।
गण्डकी प्रदेश सरकार अन्तर्गत आर्थिक मामिला मन्त्रालयका सचिव विष्णु प्रसाद शर्माले मन्दिरको शिलान्यास गरेका हुन् । मन्दिरको शिलन्यास गर्दै उनले मन्दिर निर्माण जस्तो पवित्र कार्यमा जुटेकोमा पाङवासीहरुमा धन्यवादन व्यक्त गरे । मन्दिरका लागि आवश्यक सहयोग गर्न आफू पनि तयार रहेको भन्दै सचिव शर्माले आजका अभिभावकहरुले गरेको कामको सिको नै बालबालिकाहरुले सिक्ने भएकाले संस्कृतिको रक्षाको लागि यो काम महत्वपूर्ण रहेको बताए । यस्तै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले मन्दिरको निर्माणले पाङ क्षेत्रको गरिमा बढ्ने र त्यसका लागि आफूले पनि पवित्र कार्यका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
परापूर्वकालदेखिनै देविस्थान भनिएको तर पनि कुनै अभिलेख नरहेकोले पनि मन्दिर निर्माण गर्नुपर्ने अपरिहार्य रहेको सन्दर्भमा पाङको चिनारी गराउने, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्यका साथ देवीको मन्दिर निर्माणमा जुटेको वडाध्यक्ष खगराज पौडेलले बताए । उनले व्यक्तिगत तथा वडाका तर्फबाट समेत मन्दिर निर्माणका लागि सहयोगमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्माण समितिका अध्यक्ष होमनाथ सुवेदी (बिष्णु) ले आफू सानो छँदा देखि नै देविस्थानको नाम सुनेको भए पनि अहिलेसम्म अवशेष नदेखिएकोले अब हामी यसलाई व्युँताउनको लागि पनि अघि बढ्नुपर्छ भनाई राखे । मन्दिर निर्माणको काम पूरा गर्नका लागि विभिन्न समितिहरु गठन गरेर काम थालिएको भन्दै उनले यो अभियानमा साथ दिन सबैमा अनुरोध गरे ।
समाजसेवी होमनाथ सुवेदी र गणेश मल्लले असल कामलाई शिरोधार्य गर्दै अगाडि बढ्नुपर्ने तथा उक्त मन्दिरलाई बागलुङ भगवतीकी बहिनीको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । समाजसेवी राम्जी रिजाल र कृष्णबहादुर क्षेत्रीले पनि मन्दिर निर्माणको काम अनुकरणीय रहेकोले सबै मिलेर सम्पन्न गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा आमा समूह, युवा क्लब, लगायत स्थानीयबासीको सहभागीता रहेको थियो ।
होमनाथ सुवेदी (बिष्णु) को अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रतिनिधि विष्णुप्रसाद अर्यालले स्वागत तथा सहजीकरण र सञ्चालन जयराम सुवेदीले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive