शनि, असार ७, २०८२
Sat, June 21, 2025

मोदी : नारी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

फाल्गुन २५, २०७९

शान्ति सुवेदी

पर्वत : एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित छात्रा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघ मोदी गाउँपालिकाले एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘सभ्य समाज निर्माणमा महिलाहरुको भूमिका’ विषयमा माध्यमिक विध्यालय स्तरीय छात्रा वक्तृत्वकला प्रतियोगिता आयोजना गरीएको हो । सभ्य समाज निर्माणमा महिलाहरुको भूमिका कस्तो रहन्छ भन्ने विषयमा छात्रा वक्तृत्वकला प्रतियोगिता गरी महिलाहरुको आवाज बुलन्द पार्न यस कार्यक्रमको आयोजना गरीएको अखिल नेपाल महिला संघ मोदी गाउँपालिकाका अध्यक्ष सिता शर्माले बताईन ।

छात्रा वक्तृत्वकला प्रतियोगितामा प्रथम नवजागृत माविकी लिला शर्मा, द्धितिय पशुपति माविकी आयुष्मा गौतम, तृतिय हिमालय माविका छात्रा मेलिना विक भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघ पर्वतकी अध्यक्ष हिरादेवी शर्माले एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ब्यतm गर्दै नारीको मुद्दामा नारीले नै वकालत गर्नुपर्ने बताइन ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive