शुक्रबार, माघ ४, २०८१
Friday, January 17, 2025

पाङका कृषकहरुलाई मिनिटिलर वितरण

पर्वत : तरकारी उत्पादन तथा अन्य कृषि उत्पादनमा पनि व्यवसायिक रुपमा लागिरहेका पर्वतको कुश्मा नगरपालिका–१ पाङका कृषकहरुलाई मिनिटिलर वितरण गरिएको छ ।
समयको बचत र कृषिमा यान्त्रिकरण गदैए कृषि उत्पादनलाई बृद्धि गर्न कृषकहरुबाट बिद्युतीय हलो अर्थात मिनिटिलरको माग भइ आएकोमा तरकारी जोन पर्वतबाट प्राप्त भएका नौ वटा मिनिटिलरहरु पाङ कृषि सहकारी संस्था लिमिटेडमार्फत कृषकहरुलाई वितरण गरिएको हो ।
सहकारीले कृषकहरूको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा मिनिटिलर, कुटानीपिसानी मिल, टनेल, अन्य उपकरण तथा विउविजन अनुदानमा वितरण गर्दे आइरहेको छ । कृषकहरूलाई कार्यालयमा नै बोलाएर एक कार्यक्रमकाबीच मिनिटिलरहरु वितरण गरिएको संस्थाका सचिव जयराम सुवेदीले बताए । त्यस क्षेत्रमा रहेका केषकहरुलाई मध्यनजर गरी यस अघि पनि ३० भन्दा बढी कृषकहरुलाई मिनिटिलर वितरण गरिसकिएको छ । कृषि ज्ञान केन्द्रको साना सिँचाइ कार्यक्रम अन्तर्गत पोखरी निर्माण गरेर सिचाईँको व्यवस्था मिलाइएको ठाउँमा कृषकहरुले व्यवसायिक रुपमा खेती गर्दै आइरहेका छन्।
सचिव सुवेदीका अनुसार पाङको पहिचानका लागि मकै पकेट क्षेत्र तोकी आवश्यक काम समेत अगाडि बढाइएको छ । सहकारीले कृषकको माग बमोजिमको समयानुकूल विउ विजन तथा रासायनिक मल पनि वितरण गर्दै आइरहेको छ ।
कृषकको मागलाई ध्यानमा राखेर आगामी दिनमा अझै महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सहकारीका अध्यक्ष विज्ञानबम मल्लले बताए । सहकारीले नाफा आर्जन गरी सेयर सदस्यलाई वितरण गर्नुभन्दा पनि कृषकहरूको आवश्यकतालाई हरेर सहयोग र अनुदान दिँदै आएको मल्लको भनाई छ । सहकारीले बिजुलिको विल तिर्ने देखि बालीमा रोग किरा नियन्त्रणको लागि विषादी वितरण गर्ने लगायतका कार्यक्रमहरु पनि सञ्चालन गर्ने गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive