पर्वत : विभिन्न रचनात्मक कार्यक्रम सहित जेसीज पर्वतले आयोजना गरेको जेसीज सप्ताह २०२३ को समापन गरिएको छ । जेसीजले अन्तिम दिन जेसीज संगम सहित सप्ताहको समापन गरेको हो । समापनका अवसरमा अलग अलग दिनमा आयोजित कार्यक्रमका संयोजक तथा अतिथीहरुलाई मायाको चिनो र सम्मान गर्दै कार्यक्रमको समापन भएको हो । जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विश्वकर्माले कार्यक्रमको समापन गर्नुभयो ।
कार्यक्रम समापन गर्दै कार्यक्रमका प्रमुख अतिथी विश्वकर्माले जेसीज सामाजिक संघसंस्था मध्ये अग्रणी संस्थाको रुपमा काम गर्दै आएको भन्दै प्रसंसा गर्नुभयो । उहाँले जेसीजका कार्यक्रम नजिकबाट नियालिरहेको बताउँदै यूवाको व्याक्तित्व र नेतृत्व विकासमा जेसीज पर्वतले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । विश्वकर्माले जेसीजले थालेका कार्यक्रम लाई आफ्नो तर्फबाट आवश्यक हौसला प्रदान गर्न संधै तयार रहेको बताउनुभएको थियो ।
कार्यक्रममा जेसीज अध्यक्षीय क्लवका अध्यक्ष अर्जुनप्रसाद चापागाई, बागलुङ जेसीजका अध्यक्ष सौरभ श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रम जेसीज पर्वतका अध्यक्ष विनोद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत कार्यक्रम संयोजक मिलन पौडेल, सप्ताहका कार्यक्रम माथी मुल संयोजक हेमन्तबाबु आचार्यले प्रकाश पार्नुभयो ।
समापन कार्यक्रमको सञ्चालन महासचिव सुरज श्रेष्ठले गर्नुभएको थियो । जेठ २० गते जेसीज सप्ताहको उद्घाटन संगै गजल बाचन कार्यक्रम गरि शुरु भएको थियो । जेठ २१ गते शिवालय माविमा बित्तिय साक्षरता कार्यक्रम, जेठ २२ गते अमृतपार्कमा बृक्षारोपण तथा सरसफाइ, जेठ २३ गते बक्तृत्वकला प्रतियोगिता, जेठ २४ गते नेपाल पत्रकार महासंघ पर्वत र जेसीज पर्वतका बिचमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको मुल संयोजक हेमन्तबाबु आचार्यले जानकारी दिनुभयो । सप्ताह अन्तर्गत जेठ २५ गते तनाव व्यवस्थापन सम्बन्धि तालिम, २६ गते विधालय स्तरीय लोकनृत्य प्रतियोगिता गरिएको छ । जेसीज पर्वतले हरेक वर्ष सप्ताह आयोजना गर्दै आएको छ ।
यसैबिच अन्तिम दिन आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा नारायण माविका विद्यार्थीको समूह प्रथम भएको छ । प्रतियोगितामा नमूना आवासीय मावि दित्तिय, कालिगण्डकी एकेडेमी तृतिय र कालिका मावि खुर्कोटले सान्त्वना स्थान हाँसिल गरेका छन् । प्रथमले ७ हजार ७ सय ७७, दित्तियले ५ हजार ५ सय ५५, तृतियले ४ हजार ४ सय ४४ र सान्त्वनाले ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । नृत्य प्रतियोगितामा १४ वटा विद्यालयका १ सय भन्दा बढि विद्यार्थी सहभागी भएका थिए ।
- रोशन तिवारी




