बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वत : एक वर्षमा भएका २५ दुर्घटनामा ९ जनाको मृत्यु, ४१ जना घाइते

साउन २, २०८०

पर्वत : आर्थिक वर्ष २०७९/०८० मा पर्वतमा जिल्लामा भएका कुल २५ ओटा दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका कार्त्तितकमा दुई जना पुरुषको, मङ्सिरमा एक जना पुरुषको, माघमा एक जना पुरुषको, चैतमा दुई जना पुरुषको तथा असारमा एक महिला, एक बालक र एक बालिका गरी एक वर्षको अवधिमा नौ जनाको मृत्यु भएको हो।
सोही आर्थिक वर्षको साउनमा दुई जना गम्भीर र एक जना साधारण, भदौमा छ जना गम्भीर, कार्त्तितकमा पाँच जना गम्भीर, मङ्सिरमा एक जना गम्भीर, पुसमा तीन जना गम्भीर, फागुनमा एक जना गम्भीर, चैत एक जना गम्भीर र एक जना साधारण, वैशाखमा दुई जना गम्भीर, जेठमा दुई जना गम्भीर र १० जना साधारण तथा असारमा छ जना गम्भीर घाइते गरी कुल ४१ जना घाइते भएका छन्।
सबैभन्दा बढी असार महिनामा मात्रै छ ओटा दुर्घटना भएका छन्। त्यस उता जेठमा एउटा, वैशाखमा दुई ओटा, चैतमा तीन ओटा, फागुन र माघमा एक÷एक ओटा, पुस, मङ्सिर र कार्त्तितकमा दुई÷दुई ओटा, भदौमा तीन ओटा र साउनमा दुई ओटा दुर्घटना भएका छन्।
ट्राफिक प्रहरी प्रमुख निउरेका अनुसार एक वर्षमा भएका २५ ओटा दुर्घटनामा ३२ ओटा सवारी साधनको संलग्नता रहेको छ। तिनीहरू ट्रक तथा ट्याङ्कर दुई ओटा, बस सात ओटा र जिप तथा कार १० ओटा रहेका छन्।
सवारी साधन र त्यसका चालकबाट, विपरीत दिशाबाट आउने वा एकै दिशामा गुडिरहेका सवारी साधनहरूका कारण दुर्घटना नहोस् भनेर ट्राफिक प्रहरीले चेतनामूलक कार्यक्रमहरूलाई अभियानका साथ चलाउँदै आएको  ट्राफिक प्रहरी प्रमुख निउरे बताउँछन्। चालू आर्थिक वर्षमा करिब पाँच हजार भन्दा बढी व्यक्तिको माझमा पुगेर जनचेतनामूलक कार्यक्रमहरू गरिएको उनको भनाइ छ। बर्सेनि थपिँदै गएका सवारीको सङ्ख्या, सहरमा बढ्दै गइरहेको जनसङ्ख्या, पुराना सवारी तथा ग्रामीण क्षेत्रका असुरक्षित सडकका कारण जनचेतनामूलक कार्यक्रम र नियम उल्लङ्घन गर्दा हुने कारबाही जारी रहेको भए पनि दुर्घटना भने हुने गरेको उनको भनाई छ।
‘कहिले सवारीको अवस्थाका कारण, कहिले चालकको लापरबाहीका कारण त कहिले सोही दिशामा गइरहेको वा विपरीत दिशाबाट आइरहेको सवारीका कारण दुर्घटना हुने गरेका छन्। ग्रामीण क्षेत्रमा चल्ने सवारीहरू अलि पुराना तथा यान्त्रिक अवस्थामा समस्या आउने जोखिम भएका जस्ता पनि देखिएका छन्’, उनले भने, ‘हामीले दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर सडक, बस्ती र विद्यालय सबै ठाउँमा गएर दुर्घटनाका कारण र न्यूनीकरणका उपायका बारेमा सिकाउँदै आएका छौँ। हामी सकेसम्म दुर्घटना न्यूनीकरण गर्ने कुरामा सक्रियतापूर्वक लागेका छौँ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive