मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

लमाय–लिमिठाना सडकको अनुगमन

पर्वत : पर्वतको फलेवास नगरपालिका अन्तर्गत वडा नं ७ र ८ जोड्ने सडकको अनुगमन गरिएको छ ।

गत आर्थिक वर्षमा संघीय समपुरक शिर्षक अन्तर्गत लमाय–लिमिठाना सडकको कालोपत्रे भएको थियो । फलेवास नगरपालिका र संघीय सकारको ५०/५० प्रतिशत बजेटमार्फत लिमिठाना र ठानामौला जोड्ने सडक कालोपत्रे भएको हो । सडकको अनुगमन गर्नुहुँदै फलेवासका नगरप्रमुख गंगाधर तिवारीले आगामी ४ वर्षभित्र नगरका सबै वडामा कालोपत्रे सडक पुग्ने दाबी गर्नुभयो ।

नगरप्रमुख तिवारीले नगरकै बजेटबाट कालोपत्रे शुरु भएर सम्पन्न भएको पहिलो सडक भएको उल्लेख गर्नुहुँदै आगामी वर्ष फलेवासले प्रदेश र संघ सरकारको साझेदारीमा ग्रामिण सडक कालोपत्रेलाई तिब्रता दिंदै जाने बताउनुभयो । चालु आर्थिक वर्षमा पनि संघ र प्रदेश सरकारमार्फत नगरका अधिकांस सडक कालोपत्रेका लागि योजना परिसकेको उल्लेख गर्नुहुँदै फलेवासको समग्र विकासका लागि आफु रातदिन खटिरहेको र खटिरहने बताउनुभयो । उपप्रमुख शोभाकुमारी क्षेत्रीले कृषिप्रधान नगर भएकोले कालोपत्रे सडकका कारण ग्रामिण किसानले उत्पादन गरेका कृषि उपजले सहज रुपमा बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।

अनुगमनमा फलेवासको वडा नंवर ५ का अध्यक्ष नारायण लामिछाने ६ का अध्यक्ष नविन श्रेष्ठ, ७ का अध्यक्ष केशर पन्त र ८ का अध्यक्ष मनबहादुर कुँवर सहभागि हुनुहुन्थ्यो । साथै नगरका इन्जिनियरहरु, योजना अधिकृत प्रकाश लम्साल लगायत सरोकारवालाहरु सहभागि थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive