मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो

अशोज १७, २०८०

पर्वत : अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भँगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ।
भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोम प्रसाद भुसालको घर बुधवार बिहान पौने नौ बजेको समयमा भत्किएको हो। घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए। घरभित्र मानिस नभएको बेलामा भत्किएकाले मानवीय क्षति भने हुन पाएन। भत्किएको भाग ‘किचन’ का रुपमा प्रयोग हुँदै आएको थियो।
भुसाल दम्पत्ती भत्किएर बाँकी रहेको सोही घरसँगै टाँसिएर बनेको कोठामा बसिरहेका छन्। वर्षा नरोकिएकोले भत्किएको घरमा रहेका सामग्रीहरू निकालेर सुरक्षित स्थानमा सार्न पनि समस्या भएको छ। ‘पानी रोकिएकै छैन। आज तीन दिन भयो। खाना खाने बेला नभएको हुनाले हामी बूढाबूढी भाग्यले जोगियौँ’, उनले भने, ‘वडामा र प्रहरीमा खबर गरेपछि प्रहरी आएर हेर्नुभएको छ।’
देशभरि जस्तै पर्वतमा पनि सोमबार साँझदेखि निरन्तर रुपमा वर्षा भइरहेको छ। भारी वर्षा नभए पनि एक तमासले परेको वर्षाले जमिन गल्दा ठाउँ ठाउँमा साना ठुला पहिराहरू झर्ने क्रम सुरु भएको छ।

थाहाखबरबाट साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive