बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

गण्डकी गोल्डेन ब्रिजको छेउमा बत्ती जडान

मंसिर २१, २०८०

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङ स्थित अदुबारी र बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी निर्माण भएको गण्डकी गोल्डेन ब्रिजमा रातीको समयलाई ख्याल गर्दै बत्ती जडान गरिएको छ ।
पर्यटकीय स्थल पार्वतीको जन्मभूमि पाङमा विभन्न स्थानबाट घुम्नको लागि आउनेहरु सोही पुल हुँदै पाङ र बागलुङ आउजाउ गर्ने गरेका छन् । रातीको समयमा पुलमा बत्ती बल्ने र बागलुङतर्फको भागमा उज्यालो नै हुने गरेको भए पनि पर्वततर्फको क्षेत्रमा बत्ती नहुँदा पुल नजिकैको बाटो अँध्यारो हुने गरेको थियो ।
रातीको समयमा सडक अँध्यारो हुँदा पुलमा आउजाउ गर्नेहरुलाई समस्या हुने तथा कनि अप्रिय घटना हुन नदिनको लागि पनि बत्तीले सहयोग गर्ने भएपछि अदुवाबारीदेखि माथि ती ठाउँमा स्थानीय पाङ यूवा क्लबले बत्ती जडान गरेको हो । क्लबका अध्यक्ष जयराम सुवेदीका अनुसार अब भने पुलमा आवतजावत गर्दा आउन सक्ने जोखिम न्यूनीकरण भएको छ । बत्ती जडान ठूलो कुरा नभए पनि यसले उपलब्धि राम्रो दिने तथा ती बत्तीको संरक्षण गर्नु सबैको समान दायित्तव भएको उनको भनाई छ।
कतैबाट आर्थिक सहयोग भएमा पाङका अन्य ठाउँहरुमा पनि राख्ने योजनामा रहेको क्लबले बताएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive