मङ्ल, जेष्ठ ७, २०८२
Tue, May 20, 2025

आज पर्वतको कुश्माबाट सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

मंसिर २१, २०८०

पोखरा : समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टिम आज पोखरा आइपुग्दैछ।

मध्यपहाडी यात्राको क्रममा रहेको सबैभन्दा ठूलो सहर पोखरा महानगरमा यात्रा टोली आज बास बस्नेछ।

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गोतमका अनुसार हिजो गुल्मीको आमसभा सकेर टोली बागलुङ को गलकोटमा बसेको छ।

आज बिहान गलकोटबाट हिडेर ससदरमुकाम बागलुङ बजारमा खाना खाने र पर्वतको कुश्मा जनसभा र स्थानीय नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुसँग अध्यक्ष केपी शर्मा ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

आजको यात्रामा टोलीले १ सय २० कलिोमिटर दुरी पार गर्नुपर्ने छ।  हिजो करिब १ सय ५० किलोमिटर दुरी पार गरेको थियो ।

मध्यपहाडका सामाजिक आर्थिक,साँस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन,स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीम मंसिर १४ गतेबाट एमालेले मध्यपहाडी राजमार्गको यात्रा सुरु गरेको हो।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारा सहित मंसिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्जयाङ मा टुंगिनेछ।

यात्रा अवधिभर अध्यक्ष ओली सहभागी हुनेछन्।  यात्रामा करिब २ सय जनाको केन्द्रीय टोली छ भने अन्य नेता कार्यकर्ताहरु आफ्नो आफ्नो प्रदेशमा सहभागी भइरहेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive