बुध, असार ४, २०८२
Wed, June 18, 2025

न्यूरोडमा बरामद भएको सुन सात किलो १८५ ग्राम

मंसिर २०, २०८०

काठमाडौँ : काठमाडौँको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम १८५ ग्राम भएको खुलेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार राति पक्राउ गरी आज गरेको जाँचका क्रममा उक्त परिणाममा सुन भएको खुलेको हो।

प्रहरीले उक्त परिणामको सुनसहित चार हजार एक सय अमेरिकन डलर र ३९ लाख ५० हजार नेपाली रुपैयाँसहित कैलाली घर भई काठमाडौँको नागार्जुन बस्दै आएका ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले न्यूरोडलगायत विभिन्न ठाउँमा बीलबिजक बिना सुनका गरगहना बिक्री वितरण गरेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको बताए।

“पक्राउ परेका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको खुलेको छ”, प्रवक्ता रेग्मीले भने।

पक्राउ परेका पाण्डेले ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट सुनका विभिन्न गहना तथा सुनका टुक्रा बीलबिजक बिना बिक्री गर्ने गरेको खुलेको प्रवक्ता रेग्मीले बताए।

पक्राउ परेका पाण्डेलाई आवश्यक अनुन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive