बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

टिकटकको प्रतिबन्ध हटाउन सकिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिडियो सेयरिङ एप टिकटकको प्रतिबन्ध हटाउन सकिने बताएका छन् ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पादकहरूसँगको अन्तरक्रियामा उनले टिकटक सधैँका लागि बन्द गर्ने सरकारको मनशाय नरहेको बताए । उनले भने, ‘यो सधैँलाई बन्द नै गर्ने नियत सरकारको होइन, बरु सामाजिक सञ्जालसम्बन्धी विधेयक आउँदै छ, त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ ।’

टिकटक बन्द गर्नुपर्‍यो भन्ने आवाज धेरैतिरबाट आएपछि बन्द गरिएको उनको भनाइ छ । ‘कांग्रेस सभापति, एमाले अध्यक्षले पनि पटक–पटक भन्नुभएको हो । बरु मैले त विवाद हुन्छ कि भनेर दुई–तीन महिना नै पर सारेको हो तर अहिलेलाई बन्द गरौँ भन्ने भएर गरिएको हो ।’

के–कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन सबैलाई आह्वान गरिएको उनले बताए । टिकटकको विषयमा आफूले प्रदेश–प्रदेशमा गएर नागरिकका आवाज पनि सुनेको र नागरिकले नै सरकारले यसलाई बन्द गरिदेओस् भन्ने गरेको उनले दाबी गरे ।

बहुसङ्ख्यक नागरिक टिकटक बन्द भएकोमा नै खुसी रहेका बताउँदै उनले भने, ‘कतै कतै सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभियो भन्ने आवाज पनि मैले सुन्ने गरेको छु । त्यो बिल्कुल गलत हो, हामी नागरिकका सबै प्रकारका अधिकार रक्षाको पक्षमा छौँ ।’

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive