शनि, असार ७, २०८२
Sat, June 21, 2025

काठमाडौँसहित चार प्रदेशका विभिन्न स्थानमा आज पानी पर्ने सम्भावना

मंसिर १४, २०८०

पर्वत : आज (बिहीबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा मौसम बदली भएको छ अर्थात् बादल लागेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ ।
‘अहिले बिहानदेखि दिउँसोसम्म देशका उल्लिखित स्थानमा हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् मानन्धरले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘यस क्रममा आज दिउँसो काठमाडौँ उपत्यकामा पनि हल्का/छिटपुट वर्षा हुने सम्भावना देखिएको छ, त्यस्तो ठूलो वर्षाको सम्भावना भने छैन ।’

उनका अनुसार दिउँसो देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना भए पनि अपराह्न अर्थात् २, साढे २ बजेपछि मौसम खुल्ने सम्भावना देखिएको छ ।

महाशाखाका अनुसार राति भने वर्षाको सम्भावना छैन । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको भने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

माैसमविद्का अनुसार हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव पनि परिरहेको छ । त्यसैका कारण मौसम बदली, वर्षा र हिमपातको सम्भावना देखिएको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive