पर्वत : नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक सदस्य एवं नेकपा एमालेका केन्द्रीय सल्लाहकार तोयनाथ चालिसेकी धर्मपत्नी भीमकुमारी चालिसेको निधन भएको छ ।
नेकपा एमाले पर्वतेका पार्टी कार्यालय निर्माणको लागि जग्गादाता समेत रहेकी चालिसेको बिहीबार राति करिब १२ बजेको समयमा ७२ वर्षको उमेरमा मृत्यू भएको हो । उनी गत जेठ महिनादेखि फोक्सोको क्यान्सबाट पीडित रहेकी थिइन् । तर दशैँदेखि उनलाई क्यान्सरले बढी च्याप्दै आएको थियो ।
स्वर्गीय चालिसेको अन्तिम संस्कार बिहीबार नै गर्ने पारिवारिक स्रोतले बताएको छ ।
तोयनाथ र भिम कुमारीको गत मंसिर ११ गते सोमबार मात्रै चौरासी पूजा लगाइएको थियो ।
तोयनाथ २०२८ सालदेखि नै राजनीतिमा होमिएका थिए । २०३५ सालमा नेकपा माले पर्वतको स्थापना गर्न तोयनाथले नै योगदान दिएका थिए । तोयनाथको राजीतिक र सामाजिक यात्रामा उनकी श्रीमती स्वर्गीय भीमकुमारीले पूर्ण सहयोग गर्दै आएकी थिईन् । भीमकुमारीको निधनले नेकपा एमाले र सामाजिक सेवामा क्षति भएको नेकपा एमाले पर्वतका सचिव गोविन्द पहाडीले बताए ।
बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024