बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

एमाले कुश्मा नगरपालिकाको अध्यक्षमा सापकोटा सर्वसम्मत

कार्तिक १५, २०८१
पर्वत : नेकपा (एमाले) कुश्मा नगरपालिकाको दोस्रो अधिवेशन अन्ततः सहमतिमै टुङ्गो लागेको छ ।
सहमतिको निकै प्रयास हुँदा पनि अध्यक्षका प्रत्याशी दुई नेताहरूबिच आपसी समझदारी हुन नसक्दा अधिवेशन निर्वाचनमै जान सक्ने जस्तो देखिएको भए पनि जिल्लाका नेताहरूको सक्रियता र समन्वयमा अन्ततः अधिवेशन सहमतिमा नै टुङ्गिएको हो ।
बिहीबार सकिएको अधिवेशनबाट अध्यक्षमा किशोर सापकोटा, उपाध्यक्षमा गणेश पौडेल, सचिवमा  जित बहादुर विश्वकर्मा, उपसचिवमा स्वस्थानी रिजाल र कृष्ण प्रसाद शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको नेकपा एमाले कुश्मा नगर कमिटीले बताएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा ६७ सदस्यीय नगर कमिटीको टुङ्गो लागेको छ ।
अध्यक्ष बन्ने होडबाजीकाबीच पनि सहमतिको आधारमा नै अधिवेशन सकाएर एमाले पर्वत एक ढिक्का छ भन्ने सन्देश दिएको भन्दै नेकपा (एमाले) पर्वत का अध्यक्ष गोविन्द पहाडीले प्रतिस्पर्धी र समन्वयकर्ता सबै नेताहरूमा धन्यवाद ज्ञापन गर्नुभएको छ । सर्वसम्मत नेतृत्व चयनमा सहयोग गर्न अध्यक्ष मण्डलमा रहेका  भएका नेता, प्रतिनिधि तथा कुश्मा नगरपालिकाभित्रका एमालेका सदस्य तथा शुभचिन्तकहरूप्रति एमाले पर्वतले धन्यावाद दिएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive