बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026

पर्वतमा दोस्रो पटक लायन्स क्याबिनेट बैठक आयोजना हुँदै

मंसिर ७, २०८१
पर्वत : यही मङ्सिरको २८ र २९ गते पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुन लागेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालको तेस्रो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ ।
साहसिक पर्यटनका रूपमा चिनिएको पर्वत जिल्लामा जम्मा हुने ‘लायन्स’ हरूलाई यहाँको पर्यटकीय अवलोकनको मज्जा दिन तथा पर्वत र आसपासको क्षेत्रको व्यापार व्यवसाय तथा आर्थिक अवस्थालाई पनि चलायमान बनाउनको लागि तेस्रो क्याबिनेट बैठक पर्वतमा गर्न लागिएको हो ।
३२५ ‘आई’ अन्तर्गत पर्वतमा रहेका ‘लायन्स क्लब अफ पर्वत गुप्तेश्वर’, ‘लायन्स क्लब अफ पर्वत मोदी’, ‘लायन्स क्लब अफ पर्वत भूमेकोट’ र ‘लायन्स क्लब अफ पर्वत सारथि’ को आयोजनामा ३२५ ‘आई’ अन्तर्गत बागमती र गण्डकी प्रदेशका पर्वत सहित दोलखा, कास्की, म्याग्दी, लमजुङ, गोरखा, धादिङ, काभ्रे, लमजुङ, नुवाकोट लगायतका जिल्लाका लायन्स प्रतिनिधिहरू पर्वतमा जम्मा हुन लागेका हुन् ।
कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस कार्यक्रमका संयोजक अर्जुन पौडेल ‘निर्जन’ ले पर्वतको लायन्स इतिहासमा दोस्रो पटक ‘डिस्ट्रिक्ट क्याबिनेट’ बैठक आयोजना गर्न पाउँदा खुसी लागेको बताए । झन्डै एक हजार जना लायन्स प्रतिनिधिहरूको सहभागिता रहने र यो कार्यक्रमले कुश्मामा रहेका होटेल व्यवसाय तथा पर्यटकीय गन्तव्यहरू थप चलायमान हुने उनको भनाई छ । पर्वतमा रहेका बन्जी र जीपलाईन ती प्रतिनिधिहरूका लागि निकै आकर्षणको रूपमा रहेको र प्रतिनिधिहरू पनि त्यसका लागि उत्साहित रहेकोले साहसिक खेलमा रमाउनेहरूको लागि समय व्यवस्थापनको काम भइरहेको संयोजक पौडेलले बताए ।
बैठकले जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन मात्र नभई स्थानीय उत्पादन, कला संस्कृतिको प्रवर्द्धन, स्थानीय व्यापार र व्यवसायको प्रवर्द्धनका साथै धार्मिक, सांस्कृतिक र प्राकृतिक क्षेत्रको सम्भावनाको खोजी गर्न बैठकले सहयोग पुग्ने विश्वास लिइएको छ ।
पर्वतमा साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजार आसपासमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, बन्जीसँगै पुलबाट हाम फाल्ने साहसिक खेल स्विङ, अग्लो भीरमा स्काई साइक्लिङ, स्काई क्याफे, स्काई चियर्स, गुलेली शैलीको पिङलगायत थुप्रै साहसिक खेल संरचनाहरूले आन्तरिक एवं बाह्य पर्यटकहरूलाई आकर्षित गरेको संयोजक पौडेलको भनाई छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive