मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

नेपाली सेनाका यी पदमा खुल्यो विज्ञापन : पर्वत, बागलुङ र आसपासका युवालाई यी हुन पायकका भर्ती केन्द्र

मंसिर ६, २०८१
पर्वत : नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मले हालै नेपाली सेनाले खुलाएको विभिन्न रिक्त दरबन्दीमा भर्ना हुन इच्छुक पर्वत तथा आसपासका नागरिकहरूलाई आह्वान गरेको छ ।
गुल्मपति सेनानी सुवास थापाका अनुसार सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स अन्तर्गत सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक र सयस तथा प्राड, प्राविधिक, हवाई, विविध सेवातर्फ उपसेनानी पदमा विज्ञापन खुलेको छ ।
अधिकृततर्फ भर्ना हुन इच्छुकले दरखास्त फाराम भरी प्रत्यक्ष उपस्थित भएर आवेदन दिनुपर्ने छ । अधिकृततर्फ सैनिक प्राडमा दुई, एम.बि.बि.एस चिकित्सकमा ४०, डेन्टिस्टमा तीन, सैनिक उपचारीकामा तीन, डेन्टल टेक्नीसियनमा एक, खाद्य तथा पोषण विज्ञमा एक, मेडिकल ल्याब टेक्नीसियनमा एक, अडियोलोजिस्ट एन्ड स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्टमा एक, अप्टोमेट्रिक टेक्निसियनमा एक पदका लागि विज्ञापन भएको छ ।
सैन्य तथा विभिन्न ट्रेडका फलोअर्सतर्फ दुई हजार पाँच सय भन्दा बढी सङ्ख्यामा आवेदन खुल्ला गरिएको छ । सैन्य पदमा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्ने तथा ट्रेडका फलोअर्सतर्फ १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुनुपर्ने सेनानी थापाले बताए ।
पर्वत सहित बागलुङ, म्याग्दी, मुस्ताङ, कास्की, स्याङ्जा, तनहुँ लगायतका यस क्षेत्रका युवाहरूको लागि नयाँ सबुज गण भरतपुर चितवन, पश्चिम पृतना हेडक्वार्टर विजयपुर पोखरा, नं. २३ बाहिनी अड्डा शेराडिल बागलुङ, मध्यपश्चिम पृतना हेडक्वार्टर योगीकुटी बुटवल पायकको भर्ती केन्द्रका रूपमा रहेका छन् ।
सैन्य पदमा भर्ना हुन चाहनेहरूले कुनै पनि विषयमा डी प्लस भन्दा कम नभई न्यूनतम दुई जि.पि.ए. सहित कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने तथा ट्रेडका फलोअर्सतर्फ साधारण लेखपढ गर्न सक्ने भए हुने सेनाले बताएको छ । थप जानकारीका लागि नेपाली सेनाको वेब साइट वा गोरखापत्र दैनिकमा प्रकाशन भएको विज्ञापन पनि हेर्न सकिने गुल्मपति सेनानी थापाले बताए ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive