पर्वत : नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति पर्वतको आयोजनामा माध्यमिक तहका विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।
विद्यार्थीहरुको ज्ञान अभिबृद्धिका लागि शैक्षिक कार्यक्रम अन्तर्गत कक्षा एकदेखि १० सम्मका विद्यार्थीहरु सहभागी हुन पाउने गरी कार्यक्रमको आयोजना गरिएको संगठनका सचिव टंकप्रसाद भुसालले बताए । ‘गौरवशाली विगत, चुनौतीपूर्ण वर्तमान, शैक्षिक गुणस्तरका लागि शिक्षामा सुशासन’ भन्ने नाराका साथ काम गर्दै आइरहेको सङ्गठनले प्रतिस्पर्धाका माध्यमबाट विद्यार्थीहरुको क्षमतामा बृद्धि गर्नको लागि प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ ।
यही मङ्सीरको ११ गते कुश्मास्थित शिवालय माध्यमिक विद्यालयको प्राङगणमा आयोजना गरिएको जिल्ला स्तरीय प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थानमा आउने समूहहरुलाई पुरस्कार स्वरुप क्रमशः १५ हजार, १२ हजार, नौ हजार र छ हजार रुपैयाँ गरिने छ ।
समसामयिक विषयबस्तु र विद्यालय तहको पाठ्यक्रममा आधारित रहेन प्रतियोगितामा ‘सेलेक्सन राउण्ड’, ‘जनरल राउण्ड’, ‘अडियो राउण्ड’, ‘गेसिङ राउण्ड’ र ‘¥यापिड फायर राउण्ड’ गरि पाँच प्रकारका विधा प्रयोग गरिने छ । प्रतिस्पर्धामा सहभागी हुनका लागि एउटा विद्यालयबाट कम्तीमा एक जना छात्रा सहित तीन जनाको टोली समावेश हुन सक्ने सङ्गठनले बताएको छ ।
शिक्षक सङ्गठनको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिँदै
मंसिर ६, २०८१




